ब्रेकिङ स्टोरी

पदमुक्त गृहमन्त्री लामिछानेद्वारा प्रधानमन्त्रीसमक्ष राजीनामा पेश

By खबरहब

January 27, 2023

काठमाडौं– सर्वोच्च अदालतको फैसलासँगै पदमुक्त भएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।

शुक्रबार साँझ बालुवाटार पुगेर उनले राजीनामा बुझाएका हुन् ।

यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेविरुद्ध दायर मुद्दामा सुनुवाई गर्दै सांसद पद खारेज गरेको थियो ।