इरानस्थित अजरबैजानको राजदूतावासमा आक्रमण हुँदा एक जनाको मृत्यु | Khabarhub Khabarhub

इरानस्थित अजरबैजानको राजदूतावासमा आक्रमण हुँदा एक जनाको मृत्यु


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानको राजधानी तेहरानमा रहेको अजरबैजानको राजदूतावासमा आज बिहान भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ । तेहरानस्थित अजेरी दूतावासमा भएको आक्रमणमा अरु दुई जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।

बन्दुक बोकेर आएको आक्रमणकारीले दूतावासका सुरक्षा प्रमुखलाई दूतावासको अग्रभागमा मोटर रोक्न खोज्दा आक्रमण गरेको तेहरान प्रहरी प्रमुख होसिन रहमानीले बताएका छन् ।

उनलाई गोली प्रहार गरेपछि आक्रमणकारी बन्दुक बोकेर दूतावासभित्र प्रवेश गरेको थियो । आक्रमणका समय बन्दुकधारीका साथमा उसका दुई जना बालबच्चा पनि थिए । प्रहरीले आक्रमाणकारीलाई पक्राउ गरेको छ । पारिवारिक एवम् व्यक्तिगत कारणले बन्दुकधारीले आक्रमण गराएको प्रहरी प्रमुखले बताएका छन् ।

 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ७ : ५६ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार