काजकिस्तानमा मध्यावधि निर्वाचन घोषणा « Khabarhub

काजकिस्तानमा मध्यावधि निर्वाचन घोषणा


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – काजकिस्तानमा मध्यावधि निर्वाचन घोषणा भएको छ । नवनिर्वाचित राष्ट्रपति कास्यम जोमार्ट टोकाइभले निर्वाचनको घोषणा गरेका छन् । भने संसद्को तल्लो सदनका लागि मार्च १९ मा निर्वाचन घोषणा गरेकाे छ ।

उम्मेदवार र राजनीतिक दलहरूलाई चुनावी अभियानको लागि तयारी गर्न यसपालि जति समय पहिले कहिल्यै थिएन।साथे यहाँ सबै तहका मस्लिखाटका प्रतिनिधिहरू केन्द्रीय निर्वाचन आयोगले नियुक्त गर्नेछन्।

मजिलिस र मस्लिखातहरूको लागि प्रारम्भिक चुनावको आयोजन संवैधानिक सुधारकला लागि हो र यो विषय राष्ट्रिय जनमतसङ्ग्रहमा नागरिकहरूले समर्थन गरेको विषय हो, उनले थपेका छन् ।
‘यी निर्वाचनले समाजमा भइरहेको परिवर्तनलाई मूर्त रूप दिनेछ र हाम्रो राजनीतिक प्रणालीलाई थप आधुनिकीकरण गर्न बलियो प्रेरणा दिनेछ,’ उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अस्टाना टाइम्सका अनुसार गत जुन ५ मा भएको राष्ट्रिय जनमत सङ्ग्रहको परिणामस्वरुप स्वीकृत संविधानको संशोधनलाई आगामी माजिलिस चुनावले कार्यान्वयन गर्नेछ।

राष्ट्रिय महत्त्वका जिल्ला र शहरको मस्लिखाटको निर्वाचन पनि मिश्रित निर्वाचन प्रणालीमा हुनेछ । संविधानको संशोधनको एजेन्डामा नयाँ राजनीतिक दलको दर्ताका लागि राखिएको थ्रेसहोल्ड लगायतका विषयहरू पनि समावेश हुनेछन् । संवैधानिक सुधारले दल दर्ताका लागि आवश्यक दर्ता सङ्ख्या को थ्रेसहोल्ड २० हजार बाट चार गुणा घटाएर पाँच हजार बनाइएको छ । क्षेत्रीय दलको प्रतिनिधित्वको लागि न्यूनतम आवश्यकता पनि ६०० बाट २०० जनामा घटाइएको छ।

संशोधन लागू भएपछि बैतक र गणतन्त्र पार्टी गरी दुई नयाँ दल दर्ता भएका छन् । हाल यहाँ सात दल दर्ता भएका छन् । निर्वाचन प्रणालीमा गरिने परिवर्तनहरूमध्ये ‘सबैका विरुद्धमा’ स्तम्भ थप्ने, दलहरूको माजिलिसमा प्रवेश गर्ने सीमा ७ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्नु र महिला, युवा र महिलाका लागि ३० प्रतिशत कोटाको व्यवस्था गर्नु रहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ८ : ०६ बजे

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,