भारतको कश्मीरका युवाहरु ‘मार्शल आर्ट्स’ तर्फ आकर्षित हुँदै « Khabarhub

भारतको कश्मीरका युवाहरु ‘मार्शल आर्ट्स’ तर्फ आकर्षित हुँदै


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको जम्मु कश्मीरका युवाहरु ‘मार्शल आर्ट्स’ तर्फ आकर्षित हुन थालेका छन् । भारतीय समाचार संस्था आईएएनएसका अनुसार हाल दक्षिण कश्मीरमा ठूलो सङ्ख्यामा युवाहरुले ‘मार्शल आर्ट्स’ को प्रशिक्षण लिइरहेका छन् ।

कश्मीरका युवाहरुले विभिन्न जिल्ला, राज्य एवम् राष्ट्रिय तहमा आयोजना हुने ‘मार्शल आर्ट्स’ प्रतियोगितामा प्रतिस्पर्धा गरी उपाधि पनि जित्दै आएका छन् । कश्मीरको पुलावामा जिल्लाको त्राल क्षेत्रमा ठूलो सङ्ख्यामा युवायुवतीहरुले ‘मार्शल आर्ट्स’ को प्रशिक्षण लिइरहेको आईएएनएसले जनाएको छ ।

त्रासको लुर्वो जागिर जिल्लामा बसोबास गर्दै आएका राष्ट्रिय ‘मार्शल आर्ट्स’ खेलाडी फिरोज अहमद भटले सो क्षेत्रमा प्रशिक्षण केन्द्रको स्थापना गरेका छन् । उनले सञ्चालन गर्दै आएको उक्त प्रशिक्षण केन्द्रमा मात्रै सयौँको सङ्ख्यामा प्रशिक्षार्थीहरुले ‘मार्शल आर्ट्स’ सिक्दै आएका छन् ।

उक्त प्रशिक्षण केन्द्रमा ‘मार्शल आर्ट्स’ सिक्नेमध्ये केहीले राज्य एवम् राष्ट्रिय तहमा उपाधि पनि जितेका छन् । गत डिसेम्बर महिनामा यस प्रशिक्षण केन्द्रमा प्रशिक्षण लिइरहेका ७ जना खेलाडीहरुले राज्य तहको प्रतियोगितामा विभिन्न उमेर समूहमा स्वर्ण पदक जितेका थिए ।

फिरोजका अनुसार उनले सन् २०१७ मा उक्त प्रशिक्षण केन्द्रको स्थापना गरेका हुन् । सुरुमा ६ जना प्रशिक्षार्थीबाट सुरु भएको उक्त प्रशिक्षण केन्द्रमा हाल २५० जनाले ‘मार्शल आर्ट्स’ सिक्दै आएका छन् ।

 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ८ : ३६ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन