पाकिस्तानको आर्थिक संकट थप जटिल बन्दै « Khabarhub

पाकिस्तानको आर्थिक संकट थप जटिल बन्दै


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा जारी आर्थिक संकट थप जटिल बन्दै गएको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानी मुद्रा रुपैयाँमा तीव्र गिरावट आएसँगै पाकिस्तानी अर्थतन्त्र थप जटिलतातर्फ धकेलिएको हो ।

शनिबारमात्रै अन्तरबैंकिङ कारोबारमा १ अमेरिकी डलर बराबर २६२ पाकिस्तानी रुपैयाँसम्म पुगेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

यो अघिल्लो दिनभन्दा ७.१७ रुपैयाँ अर्थात् २.७३ प्रतिशतले बढेको हो । यसअघि शुक्रबार अन्तरबैंकिङ कारोबारमा पाकिस्तानी रुपैयाँ एकै दिन २४ रुपैयाँले बढेर २५४ रुपैयाँ पुगेको थियो ।

यसअघि पाकिस्तानी केन्द्रिय बैंकमा विदेशी मुद्राको सञ्चिती ९ वर्षयताकै सबैभन्दा कम भएको समाचार सार्वजनिक भएको थियो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार स्टेट बैंक अफ पाकिस्तानमा रहेको विदेशी मुद्रा सञ्चिती तीन अर्ब ६७ करोड डलरमा झरेको हो ।

स्टेट बैंक अफ पाकिस्तानले विदेशी मुद्राको सञ्चिती ९२ करोड तीस लाख डलरले घटेको जनाएको थियो । बाह्य ऋण चुक्ताका कारण विदेशी मुद्राको सञ्चिती घटेको जनाइएको छ ।

विदेशी मुद्राको सञ्चिती घटेसँगै रकम भुक्तानी नभएका कारण पाकिस्तानका बन्दरगाहमा सयौँ मालवाहक कन्टेनर अड्केका छन् ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ९ : ०२ बजे

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन