बसको ठक्करबाट पैदलयात्रुको मृत्यु « Khabarhub

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – स्याङ्जाको पुतलीबजार ११ करेण्डाँडामा बसको ठक्करबाट आज साँझ एक पैदल यात्रुको मृत्यु भएको छ ।

बुटवलबाट पोखरा जाँदै गरेको ना ४ ख ३८२८ नम्बरको बसले बाटोमा हिँडिरहेका पुतलीबजार ११ करेण्डाँडाका ७२ वर्षीय यामबहादुर जिटीलाई ठक्कर दिँदा जिटीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पदमबहादुर थापाले जानकारी दिए ।

ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साँझ ६ः३० बजे घटना भएपछि अहिले पनि सडक अवरुद्ध रहेको छ । प्रहरीले घटनास्थलको मुचुल्का गरेर शव हटाउने र यातायात सुचारु गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १० : ०१ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ