दुई विधेयकसहित एक दर्जन प्रस्ताव स्वीकृत « Khabarhub

दुई विधेयकसहित एक दर्जन प्रस्ताव स्वीकृत


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाँकेको कोहलपुर नगरपालिकाको १२औँ नगरसभाले दुई वटा विधेयकसहित सार्वजनिक महत्वका झण्डै एक दर्जन प्रस्ताव आज स्वीकृत गरेको छ ।

नगरसभाको दोस्रो बैठकमा नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको प्रस्तावलाई नगरसभाले सर्वसम्मत रुपमा पारित गरेको हो । गएको पुष २९ गते बसेको पहिलो बैठकमा नगरप्रमुख आचार्यले कोहलपुर वाङ्मय प्रतिष्ठान विधेयक २०७९ र कोहलपुर नगरपालिकामा सार्वजनिक स्थानीय निकायबाट समायोजन भएका स्थायी कर्मचारीलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ टेबल गरेका थिए ।

योसँगै बजेट, योजना तथा कार्यक्रम संशोधन, नगरपालिकाको सङ्गठन संरचनामा हेरफेर, लिजको नतिजा २०७८÷७९, अर्धवार्षिक प्रगति समीक्षा प्रतिवेदन २०७८/७९ लगायत सार्वजनिक महत्वका विषय पनि बैठकमा टेवल गरेका थिए। ती विधेयक र सार्वजनिक महत्वको विषयसँगै आज प्रस्ताव गरिएका थप सात सार्वजनिक सरोकारका प्रस्ताव पनि बैठकले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

यातायात व्यवस्था कार्यालय बाँकेको ट्रायल सेन्टर कोहलपुरमा भएकाले यातायात कार्यालय पनि कोहलपुरमा स्थापना गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने, कोहलपुर नगरपालिका तथा अखिल नेपाल फुटबल सङ्घ एन्फाबीच भएको सहमतिअनुसार कोहलपुर नगरपालिकामा फुटबल एकेडेमी तत्काल सञ्चालनका लागि एन्फा लगायतसँग पुनःअनुरोध गर्ने जनाइएको छ । साथै, कोहलपुर नगरपालिकामा वर्षेनी हुने डुबान नियन्त्रणका लागि डुडुवा खोलामा तटबन्ध गरी डुडुवा करिडोर निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयारी तथा योजना कार्यान्वयनका लागि प्रदेश तथा सङ्घीय सरकारलाई आग्रह गर्ने रहेका छन् ।

नेपाल सरकार सहरी विकास मन्त्रालयबाट सञ्चालन हुने सघन सहरी विकास कार्यक्रममा कोहलपुर नगरपालिकालाई समेटी योजना स्वीकृतीका लागि अनुरोध गर्ने र खानेपानी तथा ढल निकास व्यवस्थापनलाई मन्त्रालयमा पहल गर्नेलगायत छन् । बैठकमा नगरप्रमुख आचार्यले कोहलपुर नगरपालिकाले संस्थागत सुधारका काममा प्राथमिकता दिएको बताए।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १० : ०६ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले