दुई सातामा ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत « Khabarhub

दुई सातामा ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ -पछिल्लो दुई सातामा काठमाडौँका सडकमा रहेको खाल्डाखुल्डी ६५ प्रतिशत मर्मत भएको छ ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडकमा संरचना रहेका निकायका प्रतिनिधिसहित बैठक गरेर दुई सातामा खाल्डाखुल्डी ममर्तका लागि निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठसँगै सम्बन्धित निकायका प्रतिनिधिले उपत्यकाका विभिन्न सडकको स्थलगत अवलोकन गरेका थिए।

मन्त्री श्रेष्ठले काठमाडौँ उपत्यकामा रहेका विभिन्न निकायले आआफ्नो काम गरिरहेको भए पनि एकीकृत स्वरुपमा समन्वयात्मक ढङ्गले काम गर्न आवश्यक रहेको औँल्याए । विकास निर्माणका काम गुणस्तरीय रुपमा सम्पन्न गर्नपर्ने उनको भनाइ छ । कुनै पनि ठाउँमा समस्या देखिँदा सम्बन्धित निकायले नागरिकप्रतिको आआफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने उनको भनाइ छ ।

उनले मन्त्रालयका तर्फबाट गर्नुपर्ने समन्वय वा कुनै पनि किसिमको सहयोग महानगरपालिका वा अरु निकायलाई आवश्यक पर्दा गर्न पनि निर्देशन दिए । उनले, “सबै निकायले आआफ्नो जिम्मेवारी इमान्दारीतापूर्वक पालना गर्नुपर्छ ।”

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १० : ३८ बजे

भारतबाट भित्रिने कुखुराले स्थानीय किसान मर्कामा

झापा – अवैधरुपमा भारतबाट भित्रिने कुखुराले स्थानीय किसान मर्कामा परेका

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक

काठमाडौँ-राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको छ । राष्ट्रिय

तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी

झापा – तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी

विराट गोल्डकप : विराटनगर सिटी सेमिफाइनलमा

सुन्दरहरैचा-सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी सेमिफाइनलमा प्रवेश गरेको

मिटरब्याजी पीडितको समस्या समाधान गर्न प्रधानमन्त्री प्रचण्डको पहल

काठमाडौँ-मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ