‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान थाल्छौँ’ « Khabarhub

‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान थाल्छौँ’


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ :कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले ‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान’ सञ्चालन गरिने बताए ।

सुर्खेतस्थित पत्रकार सञ्चारकर्मीहरूसँग आज वीरेन्द्रनगरमा आयोजित भेटघाटमा उहाँले अभियानमार्फत प्रतिफल प्राप्त हुने गरी काम गर्ने जनाए ।

उनले भने, “यो अभियानभित्र प्रहरीको प्रभावकारी सेवा, नागरिकलाई अनुभूति दिलाउने गरी दिइने सुरक्षा, प्रविधिको प्रयोग, लागुऔषध न्यूनीकरण, सामाजिक सञ्जालको प्रयोगको निगरानी र सचेतनामूलकलगायतका गतिविधि पर्छन् ।”

प्रहरी नायब महानिरीक्षक ढकालले कर्णालीमा देखिएको सबैभन्दा ठूलो समस्या लागुऔषध नियन्त्रण तथा न्यूनीकरणमा विशेष जोड दिने र त्यसका लागि लागुऔषध उत्पादन हुने मूल थलोमै हान्ने बताए। त्यसपछि त्यसको कारोवार तथा ओसारपसार र प्रयोग गर्नेलाई कानूनी दायरामा ल्याउने उनको भनाइ थियो ।

कर्णाली प्रदेशको शान्ति र सुरक्षाका लागि यहाँ नागरिकसँग सहकार्य गरेर जाने बताउँदै उनले सुरक्षित प्रदेश निर्माणमा प्रेस जगत्, नागरिक समाज, अधिकारवादीलगायत सबै सरोकारवालाहरूको गहन भूमिका रहेको जनाए । उनका अनुसार गृहमन्त्रालयको निर्देशनबमोजिम नागरिकको सेवामा सहजीकरण गरिनेछ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १० : ४४ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण