नेविसङ्घ स्ववियु निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्य थप « Khabarhub

नेविसङ्घ स्ववियु निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्य थप


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ: नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि घोषणापत्र समितिमा सदस्य थपेको छ ।

नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले त्रिभुवन विश्वविद्यालयद्वारा आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य पुजन गन्धर्वको संयोजकत्वमा रहेको घोषणापत्र तयारी समितिमा आज सदस्य थप गरेको हो ।

उक्त समितिमा राष्ट्रिय आवासीय चिकित्सक सङ्घका अध्यक्ष डा सुमन आचार्य, नेविसङ्घ पूर्वकेन्द्रीय सदस्य पदम भट्टराई, कृषि, वन तथा पशु विज्ञानका विद्यार्थी रमेशप्रसाद भट्ट, पङ्कजकुमार क्षेत्री, इञ्जिनियर राजेश्वर कमली, पत्रकार टेकराज अवस्थी, अधिवक्ता सुमन सैजुवाल, विकल राई, प्रसन्न वैद्य, प्रकाश श्रेष्ठ, महेन्द्र सिंह सदस्य रहेका छ्न् ।

स्ववियु निर्वाचनमा नेविसङ्घको सहभागितालाई प्रभावकारी बनाउन उक्त समितिलाई पूर्णता दिइएको अध्यक्ष शेर्पाले बताए । समितिको सदस्यमा प्रकाश सुवेदी, अनुप सुनुवार, डा हिमाल भट्ट, विपीन बुढाथोकी, इञ्जिनियर आदर्श लामिछाने, इञ्जिनियर विपीन भट्टराई, इञ्जिनियर बबिन बस्नेत, गणेश थापा, श्यामराज ओझा, पुजा फुँयाल, सगुन कँडेल, पदमा भुसाल, इञ्जिनियर अनुकूल रेग्मी छन् ।

यसैगरी, विजय पुनमगर, विनोदराज जोशी, अर्जुन सापकोटा, वर्षा पराजुली, मनिषा रानाभाट, युरिका वन, सागर विश्वकर्मा, आशिका पौडेल र शिवलाल पौडेल सदस्य रहेका छन । उक्त समितिको सदस्य सचिवमा विकल राईलाई मनोनित गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ११ : ०३ बजे

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका