पश्चिमी वायुको प्रभावले आज पहाडी क्षेत्रमा पानी पर्ने « Khabarhub

पश्चिमी वायुको प्रभावले आज पहाडी क्षेत्रमा पानी पर्ने


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

उता, देशको पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन शाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ६ : २७ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा