मिथिलाञ्चलमा सुरु भयो होली « Khabarhub

मिथिलाञ्चलमा सुरु भयो होली


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिन आज बिहान भङ्गहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबीरले होली खेलाइ होली पर्व थालिएको हो ।

परिक्रमामा सहभागी हजारौँ साधुसन्त, महात्मा र स्थानीयवासीले एकापसमा रङ अबीर साटासाट गर्दै होली पर्वको सुरुआत गरेका थिए । यो सँगै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि आज रङ अबीरको प्रयोग सुरु भएको छ । यसरी होलीको आगमनसँगै प्रत्येक वर्षझै यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत नाच, गान, हाँसो ठट्टा र व्यग्ङ्गात्मक कविता तथा चुट्किला गाउने, देखाउने र प्रस्तुत गर्ने कार्यको समेत शुभारम्भ हुनेछ ।

तत्कालीन समयमा भगवान् रामचन्द्र र माता जानकी वनवास गएको दिनमा महोत्तरीको कञ्चनवनमा होली पर्व मनाएको बेला सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानी पनि रातो भएको जनविश्वास छ । मिथिलाञ्चलका साधुसन्त महात्मा र गृहस्थ परिवार भगवान्ले वनवास गएको दिनलाई सम्झिँदै १५ दिने परिक्रमा गर्दछन् । परिक्रमाकै क्रममा आज बिहानको समयमा भगवान्ले होली पर्व खेलेको सम्झिँदै सम्पूर्ण परिक्रमा यात्रीले पर्व मनाएका हुन् ।

धनुषाको हनुमानगढीमा गत सोमबार परिक्रमाका लागि भगवान् रामचन्द्र र माता जानकीको डोला र परिक्रमा यात्री जम्मा भई मङ्गलबारदेखि भारतको कलाणेश्वरबाट सुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १० : २९ बजे

एमालेको राष्ट्रिय भेला उद्‌घाटन गर्न ओली कार्की ब्यांक्वेटमा

काठमाडौँ – नेकपा (एमाले)को राष्ट्रिय भेला केहीबेरमा उद्घाटन हुँदैछ ।

सुनको मूल्य लगातार ओरालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ- स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा आज गिरावट आएको छ

राष्ट्रपतिले गरे काठमाडौँ-तराई-मधेश द्रुतमार्ग महादेवटार सुरुङको ब्रेक थ्रु

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधिन राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग सडक

पृथ्वीनारायण क्याम्पसलाई स्वायत्त डिग्री प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने तयारी

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको पुनर्संरचनाअन्तर्गत गण्डकी प्रदेशको पोखरास्थित पृथ्वीनारायण (पीएन) क्याम्पसलाई स्वायत्ततासहित

७ करोडको कोल्डस्टोर पाँच वर्षदेखि प्रयोगविहीन, मासिक ७० हजार घाटामा गाउँपालिका 

दोलखा– जिल्लाको शैलुङ गाउँपालिकामा अर्बौं रुपैयाँको कृषि उत्पादन हुने गरे