पर्सा निकुञ्जको जंगलमा यौनजन्य क्रियाकलापमा संलग्न ७ महिला पक्राउ | Khabarhub Khabarhub

पर्सा निकुञ्जको जंगलमा यौनजन्य क्रियाकलापमा संलग्न ७ महिला पक्राउ


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बारा – पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र यौनजन्य क्रियाकलापमा संलग्न ७ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पथलैया–अमलेखगञ्ज सडकखण्डमा पर्ने पर्सा निकुञ्जको वन क्षेत्रभित्र घाँस दाउरा गर्ने नाममा महिलाहरूले बाटोमा हिँड्ने बटुवा तथा सवारी चालकहरूलाई बोलाएरै यौनजन्य गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीपबहादुर क्षेत्रीले २० देखि ३५ वर्ष उमेर समूहका वीरगन्जमा डेरा लिई बस्ने महिलाहरू रहेको जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएका महिलाहरूलाई ५ दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको क्षेत्रीले बताए । यसअघि प्रहरीले पटक पटक यस्तो गतिविधि गर्ने महिलाहरूलाई नियन्त्रण लिएर सम्झाई बुझाई गरेर छोड्दा घटनामा नियन्त्रणमा नआएकोले यसपटक नियन्त्रणमा लिएर म्याद थप गरेको क्षेत्रीले बताए ।

जिल्लाको पथलैया–अमलेखगञ्ज र पथलैया–निजगढ सडकखण्डको जङ्गल क्षेत्रमा बसेर यौनजन्य गतिविधि गरेको आरोपमा प्रहरीले यसअघि पनि पटक पटक महिलाहरूलाई नियन्त्रणमा लिएर सम्झाई बुझाई छोड्ने गरेका थिए ।

ती महिलाहरू सो सडक खण्डमा घाँस दाउरा गर्ने नाममा बाटो छेउमा बसेर सवारी चालकहरूलाई बोलाउने र थोरै रकम लिएर यौनजन्य क्रियाकलाप गर्ने गरेको प्रहरीले जनाएको छ ।

सार्वजनिक स्थल तथा जङ्गल क्षेत्रमा सवारी साधन रोकेर यौनजन्य गतिविधि गरेका कारण सडक दुर्घटना बढेको तथा यौनजन्य रोगको सङ्क्रमण समेत बढ्ने भन्दै नियन्त्रणमा लिएका महिलाहरूको एचआईभी परीक्षण गर्ने प्रहरीले जनाएको छ ।

यौनजन्य गतिविधिमा सङ्लन आरोपमा ७ जना महिलाहरूलाई नियन्त्रणमा लिएको प्रहरी सोही कार्यमा संलग्न पुरुषलाई भने बिना कारबाही त्यसै छोड्ने गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ११ : ५२ बजे

नारायणी किनारमा मृत भेटिएका एक पुरुषको पहिचान खुल्यो

चितवन । नारायणी नदी किनारामा भेटिएका दुई शव मध्ये एकको

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको अवैध विवाहको मुद्दा उल्टियो

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गैरकानुनी विवाहको अभियोगमा दोषी

गण्डकी प्रदेशका एक सय ७८ खेलाडी पुरस्कृत

कास्की – गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियस्तरका विभिन्न खेलकुद प्रतियोगिताका

एक खेलअगावै भारतले जित्यो जिम्बाबेविरुद्धको सिरिज

काठमाडौं । जिम्बाबेविरुद्धको टी–२० सिरिजको चौथो खेलमा भारतले १० विकेटको

 आजका समाचार : त्रिशुलीमा खसेका ३ जना यात्रुको शव भेटियो, कांग्रेसले तय गर्‍यो मन्त्री चयनको मापदण्ड

एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै प्रतिनिधिसभाका दुई