लमजुङमा अफ्रिकन स्वाइन फिभरको संक्रमणले ७८ बंगुर मरे « Khabarhub

लमजुङमा अफ्रिकन स्वाइन फिभरको संक्रमणले ७८ बंगुर मरे


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा पहिलोपटक अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको छ । घरपालुवा सुंगुर, बंगुर र जंगली बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने महामारीजन्य अफ्रिकन स्वाइन फिभरको संक्रमण बेसीशहर नगरपालिकाका विभिन्न फार्ममा पालिएका बंगुरमा देखिएको हो ।

बेसीशहर नगरपालिका  ६ र ८ मा बंगुरहरु मर्न थालेपछि गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभरको संक्रमण भएको पत्ता लागेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ ।

दुवै वडाका चारवटा बंगुर फार्ममा मात्रै हालसम्म ७८ वटा व्यावसायिक रुपमा पालिएका बंगुर स्वाईन फिभर संक्रमणबाट मरेको पुष्टि भएको छ ।

संक्रमण फैलिन नदिन फार्ममा जैविक सुरक्षाका विधिहरु अपनाउने तथा बंगुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाई गर्न, निसंक्रमण गर्ने र बंगुरहरु मरेमा राम्रोसँग खाडलमा गाड्न समेत पशु सेवा विज्ञ केन्द्रले अनुरोध गरेको छ ।

बेसीशहर ८ स्थित पालिएका बंगुरहरु मर्न थालेपछि परीक्षणका लागि नमुना संकलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर काठमाडौँमा पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा.रुपेश श्रेष्ठले वताए ।

यो रोगविरुद्ध हालसम्म कुनै खोप वा औषधि उपलब्ध नभएको र बंगुरमा स्वाइन फिभरको भाइरस लामो समयसम्म बाँच्न सक्ने भएकाले संक्रमण अन्यमा फैलिने सम्भावना अत्यधिक रहने पशु कार्यालय प्रमुख डा. श्रेष्ठको भनाई छ ।

बगुंरमा यो रोगको संक्रमण भएमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने जस्ता लक्षण देखा पर्छ । बान्ता गर्ने, छेर्ने, छट्पटाउने र बथानमा एकै पटक ठूलो संख्यामा मर्ने हुँदा यस्ता लक्षण देखिएमा सम्बन्धी स्थानीय तहको पशु सेवा शाखा तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा तत्काल सम्पर्क गर्न भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ११ : ५९ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर