एक वर्षपछि छुटे पल « Khabarhub

एक वर्षपछि छुटे पल


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अभिनेता पल शाह थुनामुक्त भएका छन् ।

बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएको भोलिपल्ट उनी रिहा भएका हुन्।

यसअघि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएको हो ।

नाबालिक बलात्कारको आरोप लागेपछि एक वर्ष अघि फागुन १५ गतेकै दिन उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए।

उनी ठ्याक्कै एक वर्ष पछि फागुन १५ गते नै रिहा भएका छन्। उनलाई स्वागत गर्न परिवारसहित संगीतकार र केही फिल्मकर्मीसमेत कारागार पुगेका थिए । त्यसक्रममा फ्यानले पलको पक्षमा नाराबाजी गरेका थिए ।

एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १२ : १४ बजे

गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

रसुवा – रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत

विराटनगर – नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदे

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न