नेपाल रेडक्रस तनहुँ शाखाद्वारा अपाङ्गता भएकालाई लेखा तालिम « Khabarhub

नेपाल रेडक्रस तनहुँ शाखाद्वारा अपाङ्गता भएकालाई लेखा तालिम


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

डुम्रे– नेपाल रेडक्रस तनहुँ शाखाद्वारा अपाङ्गता भएका व्यक्तिलाई दमौलीमा लेखा व्यवस्थापन तालिम प्रदान गरिएको छ । उनीहरूलाई आत्मनिर्भर बनाउन टेवा पुर्‍याउने उद्देश्यले सो तालिम प्रदान गरिएको हो ।  

शाखा सभापति प्रा डा कृष्णप्रसाद गौतमले अपाङ्गता स्वावलम्बन समूहको बचत परिचालन गर्ने, हिसाब राम्रोसँग राख्न सिकाउने, आयआर्जनको रकमलाई सही तरिकाबाट व्यवस्थापन गराउने उद्देश्यले तालिम प्रदान गरिएको बताए।

उक्त शाखाका मन्त्री सूर्यचन्द्र हड्खलेले तालिममा ऋषिङ गाउँपालिकाका आठ वटै वडामा रहेका अपाङ्गता स्वालम्बन समूहका अध्यक्ष, कोषाध्यक्ष, रेडक्रस उपशाखाका स्वयम्सेवक, अपाङ्गता क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिसहित २५ जनाको सहभागिता रहेको जानकारी दिए । 

व्यास नगरपालिकाका प्रमुख बैकुष्ठ न्यौपानेले ‘जहाँ दुःख त्यहाँ रेडक्रस’ भन्ने भावनाअनुरूप नै काम गरिरहेको उल्लेख गर्दै यस्ता तालिमले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १२ : २६ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा