समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने एमालेको निर्णय « Khabarhub

समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने एमालेको निर्णय


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले  सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

परराष्ट्रमन्त्री विमला राई पौडेललाई मन्त्रीको रुपमा जेनेभा जानबाट रोक्नु, एमाले प्रतिपक्षमा जाओस् भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रुपमै अभिव्यक्ति दिएकाले एमाले सरकारबाट बाहिरिएको एमाले नेता विष्णु पौडेलले जानकारी दिए।

हाललाई संघीय सरकारबाट मात्र बाहिरिने निर्णय भएको उनले बताए। राष्ट्रपतिको निर्वाचनका लागि सत्तारुढ नेकपा माओवादी केन्द्रले अन्य ८ दलको गठबन्धन बनाएपछि एमाले एक्लिएको हो।

प्रदेश सरकारबाट के गर्ने भन्ने निर्णय भइसकेको छैन।

 

 

 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १२ : ३९ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६