वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास  « Khabarhub

वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास 


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताएका छन् । गोरखामा निर्माणस्थल रहेको विकास हाइड्रोको आज विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उहाँले सरकारको ध्यान सुशासन, सामाजिक न्याय र विकासमा केन्द्रित हुने बताए । 

प्रधानमन्त्री दाहालले विगतमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको भए पनि यसपटक आफूहरूले स्थायित्व दिनेमा विश्वस्त तुल्याए । ‘यो वर्ष चुनावी वर्षका रुपमा बित्यो । वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेश र सङ्घको अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि निर्वाचन प्रक्रिया पाँच वर्षका लागि सकिएको हुन्छ । यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको छ’, उनले भने । 

जलविद्युत् आयोजनाको सफलताको कामना गर्दै उनले आगामी दिनमा कम्पनीले अन्य आयोजना पनि अगाडि बढाउने विश्वास व्यक्त गरे। प्रधानमन्त्री दाहालले आयोजनाको निर्माणमा संलग्न स्वदेश तथा विदेशमा रहेका नेपालीको योगदानका लागि धन्यवाद दिए। 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १ : ३३ बजे

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।

दलित सहमहामन्त्रीमा प्रकाश विजय

काठमाडौं– नेपाली कांग्रेसको दलित सह महामन्त्रीमा प्रकाश रसाइली स्नेही विजयी

कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा

निर्मल पुर्जाको ‘पोर्टर हाउस’ परियोजनाले पायो अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पनामा हिमाली भरियाहरूको जीवन सहज

नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड

नारायणगढ– नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको