हङकङद्वारा नेपाललाई १२१ रनको लक्ष्य « Khabarhub

हङकङद्वारा नेपाललाई १२१ रनको लक्ष्य


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा हङकङविरुद्धको खेल जित्न १ सय २१ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गर्न आएको हङकङ ४६.३ ओभरमा १ सय २० रनमै अलआउट भयो ।

यूएईको अजमानमा भइरहेको प्रतियोगितामा हङकङबाट पार्थ भागवतले सर्वाधिक ३६ रन बनाए । उनले ९३ बल खेली ४ चौका प्रहार गरे । एलियन जाहिरले ६७ बलमा ३ चौकासहित २९ रन बनाए । कप्तान अहान त्रिवेदीले ११ रन बनाए ।

मालेक क्रिकेट मैदानमा नेपालबाट हेमन्त धामीले ३ विकेट लिए । सुवास भण्डारीले १० ओभरमा ३ मेडन राखेर १० रनमात्र खर्चेर २ विकेट लिए । आकाश चन्दले ८.३ ओभरमा ४३ रन खर्चेर २ र दीपेश कँडेलले १ विकेट लिए । 

दीपेशले १० ओभरमा ३ मेडन राख्दै १७ रन खर्चे । नेपालले हङकङका दुई खेलाडीलाई रनआउट गरेका थिए ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  २ : ३६ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण