बागमती प्रदेशसभा : निजामती सेवालगायत दुई विधेयक पारित « Khabarhub

बागमती प्रदेशसभा : निजामती सेवालगायत दुई विधेयक पारित


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशसभाबाट प्रदेश निजामती सेवालगायत दुई विधेयक सर्वसम्मतिले पारित भएका छन् ।

प्रदेशसभाको बैठकबाट प्रदेश निजामती सेवाको गठन, सञ्चालन तथा  सेवाका सर्त सम्बन्धमा बनेको विधेयक २०७९ तथा स्थानीय तहको सेवाको गठन तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ पारित गरिएका हुन् । 

आइतबार विधेयक व्यवस्थापन समितिले उक्त विधेयकका विषयमा दफावार छलफल गरेपछि दुवै विधेयक प्रदेशसभामा पेस गरिएको थियो । प्रदेशसभामा सभामुख भूवनकुमार पाठकले बैठकमा निर्णयार्थ पेस गरेका दुवै विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले सभाबाट स्वीकृत गरेको थियो । 

सो सभाले विधेयक स्वीकृत गरेसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट प्रमाणीकरण भएपछि तत्काल कार्यान्वयनमा आउने बताइएको छ । प्रदेश निजामती सेवा नभएका कारण कर्मचारी व्यवस्थापनमा समस्या भएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  २ : ४३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले