जापानले अमेरिकासँग ४०० वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्छ : प्रधानमन्त्री किशिदा « Khabarhub

जापानले अमेरिकासँग ४०० वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्छ : प्रधानमन्त्री किशिदा


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानले अमेरिकासँग ४०० वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने बताएका छन् ।

“हाम्रो देशको योजना ४०० युनिट क्रुज क्षेप्यास्त्र खरिद गर्ने हो,” तल्लो सदनको बजेट समितिलाई किशिदाले बताए ।

यसै महिनाको सुरुमा जापानी रक्षामन्त्रीले आफ्नो मुलुकले आगामी आर्थिक वर्षमा क्षेप्यास्त्र खरिदका लागि २११३ अर्ब जापानी येन अर्थात् १.५ अर्ब अमेरिकी डलर बराबर छुट्याएको बताएका थिए ।

चीनको बढ्दो सैन्य प्रभाव र आणविक शक्ति सम्पन्न उत्तर कोरियाको अप्रत्याशित क्षेप्यास्त्र परीक्षणको सामना गर्न किशिदा प्रशासनले जापानको प्रतिरक्षा क्षमता नाटकीय रूपमा विस्तार गर्न चाहन्छ ।

रूसले युक्रेनमाथि गरेको आक्रमण र चीनले ताइवानमाथि कब्जा जमाउन सक्ने आशङ्काबीच जापानको यो निर्ण सार्वजनिक भएको हो ।

जापानसँग दोस्रो विश्वयुद्धपछिको शान्तिवादी संविधान छ । यस संविधानले जापानको सैन्य क्षमतालाई रक्षात्मक उपायहरूमा सीमित गर्दछ ।

तर,चीनले खडा गरेको चुनौतीका कारण जापानले गत वर्ष प्रमुख सुरक्षा र प्रतिरक्षा नीतिहरू अद्यावधिक गरेको थियो । यसअनुसार जापानले सन् २०२७ सम्ममा कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतको नेटोको मापदण्ड रक्षा खर्च दोब्बर बनाउने लक्ष्य राखेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ४ : ५४ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित