यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल लगातार तेस्रो खेलमा विजयी « Khabarhub

यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल लगातार तेस्रो खेलमा विजयी


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइसिसी यू-१९ पुरुष विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्र छनोटमा नेपाल लगातार तेस्रो खेलमा विजयी भएको छ । नेपालले आज भएको तेस्रो खेलमा हङकङलाई नौ विकेटले पराजित गरेको हो । 

युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी प्रतियोगितामा हङकङले पहिला ब्याटिङ गर्दै ४६ दशमलव तीन ओभरमा सबै खेलाडी गुमाउँदै नेपालसामु जितका लागि एक सय २१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले विजयी लक्ष्य २२ दशमलव एक ओभरमा एक विकेट गुमाएर पूरा  गर्‍यो । नेपालका लागि आकाश त्रिपाठीले अविजित ६४ रनको योगदान दिए । 

उनले ७२ बल खेल्दै चार छक्का र पाँच चौका हाने । यस्तै प्रतियोगितामा आजै डेब्यू गरेका उत्तम थापामगरले अविजित ३९ तथा अर्जुन कुमालले १६ रन बनाए । बलिङतर्फ हङकङका ड्यानियल मोर्गन मापले एक विकेट लिए । 

यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने क्रममा हङकङका लागि पर्थ भागवतले ३६ रन बनाए । उनले ९३ बल खेल्ने क्रममा चार चौका प्रहार गरे । मोहम्मद जाहिरले २९ तथा अहान त्रिवेदीले ११ रन बनाए । अन्य ब्याटरको खेल प्रदर्शन उल्लेख्य रहेन । बलिङतर्फ नेपालका लागि हेमन्त धामीले तीन, सुवास भण्डारी र आकाश चन्दले दुई दुई तथा  दीपेश कँडेलले एक विकेट लिए ।

नेपालले यसअघि पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन तथा दोस्रो खेलमा कुवेतलाई दुई सय ४३ रनले पराजित गरेको थियो । नेपालले अब मङ्गलबार मलेसियासित तथा बिहीबार युएईसँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित, आयोजक युएई, सिङ्गापुर, कुवेत, हङकङ र मलेसिया सहभागी छन् । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२४ मा श्रीलङ्कामा हुने यू-१९ विश्वकप क्रिकेट खेल्न पाउनेछ । 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ६ : १५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर