चिनियाँ नागरिकको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता : पाकिस्तानी प्रहरी अधिकारी « Khabarhub

चिनियाँ नागरिकको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता : पाकिस्तानी प्रहरी अधिकारी


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको पेशावर शहरका प्रहरी प्रमुखले चिनियाँ नागरिकको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता रहेको जनाएका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार चीनले पाकिस्तानलाई महत्वपूर्ण सहयोग गर्ने गरेको भन्दै पेशावरका प्रहरी महानिरीक्षक अख्तर हयात खानले प्रहरी अधिकारीलाई सो क्षेत्रमा कार्यरत चिनियाँ कामदार एवम् इन्जिनियरहरुको सुरक्षालाई चुस्त बनाउन समेत निर्देशन दिएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तस्थि नौसेरामा रहेको राशाकाई आर्थिक क्षेत्रको भ्रमणका क्रममा उनले प्रहरीलाई यस्तो निर्देशन दिएका हुन् ।

भ्रमणका क्रममा महानिरीक्षक हयातले सैनिक अधिकारी, सरकारी कर्मचारी एवम् विभिन्न परियोजनामा कार्यरत चिनियाँ कामदारसँग भेटवार्ता गरेको डनले उल्लेख गरेको छ ।

पछिल्लो समय पाकिस्तानका विभिन्न स्थानमा चिनियाँ नागरिकलाई लक्षित गरी आक्रमणका घटना बढिरहेका बेला पेशावर सहरका प्रहरी प्रमुखले चिनियाँ नागरिकको सुरक्षा आफ्नो प्राथमिकतामा रहने जनाएका हुन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ६ : ४२ बजे

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)

भोटेकोशी बाढीमा बेपत्ता भएकाको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

काठमाडौं– म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत तीन

दरबारमार्गमा दसैँको सेल, तर व्यापारमा छैन चमक (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै राजधानीको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गमा विभिन्न ब्रान्डका कपडा,

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता