पर्यटनमन्त्री किरातीद्वारा १० बुँदे कामको सूची सार्वजनिक « Khabarhub

पर्यटनमन्त्री किरातीद्वारा १० बुँदे कामको सूची सार्वजनिक


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल थाल्नेदेखि नागरिक उड्डयन विधेयकलगायत १० कामको सूची सार्वजनिक गरेका छन् । पर्यटन मन्त्रालयमा आज पत्रकारसँगको भेटघाटमा उनले १० बुँदे कामको सूची सार्वजनिक गरेका हुन् ।

मन्त्री किरातीले पदभार ग्रहण गरेको ४२ दिनमा सुधार गरेका पाँच बुँदे कामको विवरण प्रस्तुत गर्दै पशुपति विश्वविद्यालय स्थापना, पशुपति सरसफाइ तीन महिने अभियान, नेपाल नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारसम्बन्धी उजुरी लिने स्थायी युनिट निर्माण गर्ने तयारी रहेको बताए । सरसफाइ संस्थागत गर्न निर्देशिका तयार गरिनुका साथै सम्पदा क्षेत्रमा यातायात सञ्चालन गर्ने, ग्राउण्डेड जहाज छानबिन समिति गठन गर्ने उनको तयारी छ । 

यस्तै हवाई नागरिक उड्डयन विधेयक प्रक्रिया अघि बढाउने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कूटनीतिक पहल थाल्ने, भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार गर्ने मन्त्री किरातीका योजना छन् । उनले यस अगाडि पाँचवटा काम सम्पन्न भएका जानकारी दिए । 

नेपाल वायुसेवा निगमको अनलाइन टिकट, सरसफाइ र व्यवस्थापकीय सुधार, हवाई सुरक्षासम्बन्धी निर्देशन, लुम्बिनी गुरुयोजना अध्ययन र प्रतिवेदनका साथै विमानस्थल तथा अन्य विभागीय क्षेत्रमा इन्टरनेटको व्यवस्थापन काम सम्पन्न भएको मन्त्री किरातीले उल्लेख गरे ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ७ : ४६ बजे

राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए

काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता

हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

सुनसरी– हुण्डी कारोबारमार्फत एक अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार

तीस अर्बको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

आजदेखि हलमा तीन नेपाली फिल्म : झिंगेदाउ-२, कार्की साइँला र माया बस्छ कि के हो !

काठमाडौं– आजबाट हलमा तीन नयाँ फिल्म थपिएका छन् ।  ज्ञानेन्द्र