चार कम्युनिष्ट पार्टीद्वारा कार्यदल गठन | Khabarhub Khabarhub

चार कम्युनिष्ट पार्टीद्वारा कार्यदल गठन


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चार कम्युनिष्ट पार्टीको बैठकले क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा निर्मित र क्रियाशील संयुक्त मोर्चालाई गुणात्मकता प्रदान गर्न चार दलीय कार्यदल गठन गरेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको चार दलका प्रमुख नेताको बैठकले संयुक्त मोर्चाको स्वरुप र कार्यक्रमसम्बन्धी अवधारणा तयार गरी चार दलको आगामी बैठकमा पेश गर्न कार्यदल गठन गरेको हो ।

कार्यदलमा नेकपाका नेता खड्कबहादुर विश्वकर्मा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट नेता कर्णजित बुढाथोकी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका नेता जागृत रायमाझी र नेकपा माओवादी समाजवादीका नेता आरवी भण्डारी रहेका छन् । चार पार्टीको अर्को बैठक यही फागुन १८ गते बस्ने तय भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ८ : ११ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड