‘सरकारले विद्युतलाई महत्व नै दिएन’ « Khabarhub

‘सरकारले विद्युतलाई महत्व नै दिएन’



ऊर्जा क्षेत्रमा हाम्रा धेरै चुनौती छन् । फाइनान्सदेखि वितरण लाइनहरू, परियोजनाको प्रकार लगायतका धेरै चुनौती छन् । यसको माझमा हामीले अवसरको खोजी गर्नुपर्छ । एसिया महादेशमा अवस्था कस्तो छ, यसको विश्लेषण गरौँ । अफगानिस्तान, नेपाल, भुटान, म्यानमार, नर्थ कोरियालगायतका देशको स्रोत ‘ग्रीन इनर्जी’ हो ।

बाँकी ११ वटा देश ग्यासबाट चल्छन्, जापान, रसियालगायत अरू चाइना, इन्डिया ‘ब्ल्याक इनर्जी’ मा चलिरहेका छन् ।

‘ग्रिन इनर्जी’ बिक्दैन भने संसारमा यसबारे ठूलो ‘डिबेट’ हुनुपर्ने हो । अन्तर्राष्ट्रिय स्तरमा नेपालको ‘इनर्जी’ खेर गएको छ ।

प्राधिकरणले भारतले बिजुली नदिने भएपछि प्राइभेट सेक्टरलाई बोलाएर छिटो कार्य गर्नुस् भन्दा सरकारलाई पत्तो नै छैन । प्राधिकरणभन्दा माथि सरकार हुनुपर्ने हो ।

देशको बिजुली, देशको ऊर्जा क्षेत्र कसरी हाँक्ने भन्ने सरकारको टाउको दुखाइको विषय हुनुपर्ने हो, त्यो भएको छैन । सबै ऐनहरू प्राथमिकतामा परे तर विद्युत् ऐन जहाँको त्यही छ । यसले सरकारले विद्युत् क्षेत्रमा महत्व नै नदिएको देखिएको छ ।

अफिस समयको ‘डिफिसिट’ को कर ‘डिमान्डको कर’ लाई ‘सोलर’ ले धान्न सक्छ । त्यस कारण पनि ‘सोलर’ मिक्स हुनुपर्छ ।

नेपाल विद्युत् प्राधिकरणको आयोजनाहरू ‘पिकिङ’ टाइपका आयोजनाहरू ‘स्टोरिङ’ टाइपका आयोजना हेर्दा ८४४ मेगावाट छ ।

८४४ मेघावाटको ‘पिकिङ’ को समयमा २५ सय मेगावाट सोलर दिने हो भने त्यसले दिउसोको ‘इनर्जी’ दिन सक्छ । बेलुका ‘स्टोरिङ’ गरेर त्यो इनर्जी पठाउन सकिन्छ । योभन्दा ठूलो अवसर देख्न नसक्नु सरकारको दृष्टिकोण हो ।

४५६ मेगावाटको ठाउँमा १६१ मेगावाट मात्र आजको दिनमा अपर तामाकोशीको इनर्जी छ । ५२ मेघावाटको इलेक्टिसिटी सोलरले दिएको छ त्यति त कालीगण्डकीमा पानी जम्मा भयो होला नि ।

इटालीको भौगोलिक स्थिती हाम्रोजस्तै छ । २२ हजार मेगावाट इटालीमा सोलरबाट उत्पादन हुन्छ । २२ हजार इटालीले सोलर उत्पादन गर्दा हामी ४०–५० सोलर भए पुग्छ भन्ने अवस्थामा छौँ ।

लाईसेन्स १२५० को छ, रेट घटाइदिएको, प्यानलको मूल्यवृद्धि, फलामको मूल्यवृद्धि, पावरको मूल्यवृद्धि, म्यानपावरको मूल्यवृद्धि र तर हाइड्रोको दिएको रेट भन्दा घटाएर ५ रुपैयाँ ९४ पैसा गरेको छ ।

यो आफैमा देशको लागि दुर्भाग्यपूर्ण हो । सोलरको आयोजना दिएको भए ४ सय ५ सय आयोजनाहरू बनिसक्थ्यो ।

एउटा आयोजना निर्माण गरेर अर्को आयोजना बनाउन पुँजी परिचालन गर्नुपर्ने त्यही आयोजनाको सेयर क्यापिटल बढाउने हो । त्यसलाई नै बिक्री गरेर अर्को आयोजना बनाउनुपर्ने हो ।

संस्थापकहरूले त्यो सेयर बेच्न मनाही रहेको छ । त्यसले अर्को क्यापिटल कसरी सिर्जना गर्न सक्छ ? एउटा आयोजना बाँधिने हो भने अर्को आयोजनाको कुरा हामी कसरी गर्न सकिन्छ ?

लोन तिर्ने, ब्याज तिर्ने, साँवा तिर्ने अवस्था बनिसकेर पनि संस्थापकको पैसा लक हुनु यो दुर्भाग्यपूर्ण कुरा हो । यसमा ऊर्जा मन्त्रालयको ध्यानाकर्षण हुनुपर्छ । ऊर्जा मन्त्रालयमा नीति गत रूपमा ऊर्जा उत्पादकहरूलाई साथमा लिएर छलफल गर्नु पर्छ ।

(खबरहबले आयोजना गरेको ‘ऊर्जा क्षेत्रमा चुनौती र अवसर–अन्तरक्रिया’ कार्यक्रममा जलविद्युत उद्यमी कुवेरमणि नेपालले राखेको धारणा )

प्रस्तुति – कुसुम गौतम

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १० : ०१ बजे

राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज

अलपत्र आयोजना सम्पन्न गर्न सरकारको ३० दिने अल्टिमेटम

काठमाडौं- सरकारले निर्माणको अन्तिम चरणमा पुगेर अलपत्र परेका आयोजनाहरू सम्पन्न गराउन

सर्वोच्च अदालतको आदेशपछि एमाले पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न निर्देशन

काठमाडौं– सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा आदेश जारी गर्दै महोत्तरी कारागारमा

कोशीमा पनि टुट्दै एमाले-ग्रेस गठबन्धन, मुख्यमन्त्री कार्की संकटमा

काठमाडौं– कोशी प्रदेशमा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन

मन्त्रिपरिषद्का सात निर्णय : मिटरब्याजपीडितसँग वार्ता टोली गठनदेखि नयाँ सिक्का टक्मरीसम्म

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मिटरब्याज (अनुचित लेनदेन)