मधुमेह र यसको उपचार  « Khabarhub

मधुमेह र यसको उपचार 


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मानव शरीरमा हुने रासायनिक प्रतिक्रियाका कारण रगतमा चिनीको मात्रा बढी हुने रोगलाई मधुमेह (डायबिटिज) भनिन्छ । यसलाई हाम्रो नेपाली जनमानसले चिनी रोग भनेर पनि बुझ्ने गरेको पाइन्छ । शरीरमा वा रगतमा लामो समय चिनीको मात्रा बढी भएर लगातार पिसाब लागिरहने, धेरै तिर्खा र भोक लाग्ने, मुख सुख्खा हुने लगायतका लक्षण देखिने गर्दछन् । मधुमेह शरीरमा इन्सुलिनको कमीले गर्दा हुन्छ । वंशाणुगत कारणले पनि मधुमेह हुने गर्दछ । यस्तो मधुमेहमा जीवनभर इन्सुलिन लगाइरहनुपर्छ । यसैगरी अर्को प्रकारको मधुमेह ३५ वर्षको उमेर वा त्यो भन्दा अघिदेखि हुनसक्छ । यसका लागि औषधि सेवन गर्नुपर्छ । औषधिले काम गर्न छोडेको अवस्थामा भने इन्सुलिन नै दिनुपर्छ । यसै विषयमा आधारित भएर खबरहबका लागि हर्मोन रोग विशेषज्ञ डा.दीपक मल्लसँग गरिएको कुराकानीको सम्पादित अंश :

मधुमेह भनेको कस्तो रोग हो ? 
हाम्रो शरीरको रगतमा ग्लुकोजको मात्रा बढी भएपछि हुने रोगलाई मधुमेह भनिन्छ । अहिलेको हाम्रो जीवनशैली र खानपानले मधुमेहका बिरामीहरु बढ्दै गएका छन्। हाम्रोमा सवारी साधनको सुविधा बढ्दै गएकाले अहिले हामी कतै हिँड्दैनौँ थोरै बाटोमा पनि सवारी साधनहरुको प्रयोग गर्नेगर्छौ जसले गर्दा हाम्रो शरीरलाई पर्याप्त मात्रामा व्यायाम पुग्दैन । बाहिरका खानाहरू धेरै खान्छौँ। अहिले अफिसमा काम गर्नेलाई यो समस्या बढी देखिन्छ। स्वस्थ मानिसको शरीरमा सुगरको मात्रा खाली पेटमा ९० भन्दा कम र खानापछि १ सय ४० भन्दा कम भए उपयुक्त मानिन्छ । गर्भ अवस्थामा युवतीमासमेत मधुमेह धेरै भएको देखिन्छ । पछिल्लो समय विदेशबाट आएका युवाहरुमा मधुमेह पाइन्छ।

मधुमेह किन हुन्छ ?
मानसिक तनाव, खानपानमा ध्यान नदिनु, शारीरिक परिश्रमको कमी लगायतका कारणले मधुमेह हुन्छ । मोटोपना र उच्च रक्तचाप भएका सोखिन व्यक्तिमा मधुमेह हुनसक्छ । मधुमेह प्याक्रिन्याजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा र उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा उत्पन्न हुने गर्दछ ।

मधुमेहका लक्षण के-के हुन् ? 
सामान्य रूपमा भन्दा तौल घट्ने, धेरै पटक पिसाब लागिरहने, धेरै तिर्खा र भोक लाग्ने, आँखा धमिलो देख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, काटेका घाउहरू ढिलो निको हुनुलाई यसका लक्षण मान्न सकिन्छ । यसबाहेक छाला चिलाउने लगायतका समस्यासमेत देखा पर्न सक्छ । सुगर भएमा मुख सुख्खा हुने, अल्छी पना हुने वा कुनै काम गर्न जाँगर नलाग्ने जस्ता लक्षण देखा पर्छन् ।

समयमा उपचार गरिएन भने के हुन्छ ? 
मधुमेह लामो अवधिसम्म रहेमा मुटु तथा रक्त नलीमा समस्या हुन्छ। यसैगरी मिर्गौलामा खराबी हुने, अल्सर तथा आँखामा खराबी आउने गर्दछ । खुट्टामा फोहोर हुने वा चिलाउने घाउ आयो भने त्यो घाउ अरू ठाउँमा पनि सर्दै जाने लगायतका लक्षण देखा पर्छन् ।

पहिलै गर्न सकिने उपचार केही छन् कि ? 
परिवारमा कसैमा सुगर छ भने परिवारका सदस्यले ३० वर्षको उमेर भएपछि चेकजाँच गर्नुपर्छ । यसलाई प्री डाइबेटिज स्क्रिनिङसमेत भनिन्छ । कसैको आफ्नो वंशमा कसैलाई सुगर छ भने एक पटक ३० वर्ष नपुग्दै स्क्रिनिङ गर्नु राम्रो हुन्छ । दैनिक रूपमा सामान्य व्यायाम गर्नु राम्रो हुन्छ ।

मधुमेहबाट बच्ने उपाय के–के हुन्छन् ?
मधुमेहबाट बच्न विभिन्न उपायहरु अबलम्बन गर्न सकिन्छ । जसलाई बुँदागत रुपमा निम्न अनुसार उल्लेख गर्न सकिन्छ :
– शारीरिक व्यायाम दैनिक ४५ मिनेट र हप्तामा पाँच दिन मजाले हिँड्ने ।
– डाक्टरको सल्लाहमा नियमित औषधिको सेवन गर्ने ।
– समय-समयमा खाना खाने ।
– आँप, अम्बा, खर्बुजालगायत सागपात सलाद सुप धेरै खाने ।
– मैदाबाट बनेका खाना कम गर्ने ।
– शरीरको तौल सामान्य राख्ने ।
– चिनीको मात्रा कम गर्ने ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ७ : ०२ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ