काठमाडौँ – २७ नोभेम्बरका दिन चिनियाँ अपार्टमेन्टमा आगलागी भएको समाचार भुसको आगो झैँ सल्किएको थियो । जिरो कोभिड नीतिसँगै चीन सरकारले अपनाएको कडाइ मापदण्डको कारण सर्वत्र विरोध थियो । त्यसै दिनदेखि सामाजिक सञ्जालमा पनि सरकार विरोधी गतिविधि र आवाजहरूले प्रश्रय पाउन थाले। हाल चीनविरुद्धको प्रदर्शन र सामाजिक सञ्जालमा ‘ह्वाइट पेपर’ प्रोटेस्ट थाइल्यान्डबाट श्रीलङ्का पुगेको छ ।
एसियामा अहिले संसारका अन्य क्षेत्रमा भन्दा सडकमा विरोध प्रदर्शन धेरै भएको छ । त्यत्ति मात्र होइन सामाजिक सञ्जालमा पनि विद्रोह बढ्दो छ । यी धेरै विद्रोह र एसियाली प्रायद्वीपको असन्तुष्टि चीनको बढ्दो मानव अधिकारविरोधी गतिविधिमा केन्द्रित छ । यसमा धेरै एसियाली आजित छन् ।
अहिले यो विरोध प्रदर्शन बढ्नुमा सबैभन्दा धेरै प्रविधिको भूमिका रहेकोमा कुनै शंका छैन । सामाजिक सञ्जाल र प्रविधिका कारण बढेको जनविद्रोह घट्दै जाने कुनै सम्भावना छैन ।
सन् २०१७ यता कार्नेजीक इन्टोडाउन फर इन्टरनेसनल पिसले तयार पारेको डाटाका अनुसार सन् २०२२ मा सरकार विरोधी प्रदर्शन सबैभन्दा माथिल्लो उचाइमा पुगेको छ । मात्रात्मक रूपमा बढी भए पनि प्रदर्शनकारीले सफलता भने गत वर्ष सबै भन्दा कम प्राप्त गरे। विरोध प्रदर्शनबाट थोरै प्रतिशत मात्र नेतृत्व र सरकारमा परिवर्तन ल्याउन सफल देखियो ।
यसै विषयको डाटा तथा तथ्याङ्कलाई हार्वर्ड विश्वविद्यालय प्रतिष्ठानले अझ सूक्ष्म अध्ययन गरेको छ । यसले सन् १९९० यता नागरिक विद्रोह र प्रदर्शनलाई ट्रयाक गरी रहेको छ । सरकार ढाल्ने ढङ्गको हिंसा विना भएको विरोध प्रदर्शन तथा सैन्य सत्ता विरुद्धको प्रदर्शन र अभियान दुई दशक यता असाध्यै बढेको छ । तथापि यिनीहरू आफ्नो लक्ष्यमा कमै सफल भएका छन् ।
सामाजिक सञ्जाल तथा विभिन्न एपहरूको विकाससँगै यो किन बढी रहेको छ भन्ने विषय एउटा अध्ययनकै विषय पनि हो ।
अहिले चीनमा फेक आइडी बनाएर गलत सूचना सम्प्रेषण गर्ने तथा प्रदर्शनकारीकै माझमा अन्योल सृजना गर्ने क्रम बढेको छ । सत्ताले प्रयोग गर्न सक्ने नयाँ हथकण्डा मध्ये यो फेक अकाउन्ट बनाउने शैलीले धेरै सफलता पाएको छ ।
विज्ञहरूका अनुसार विगतका विद्रोहको आवाज उठाउनेहरू समुदायको माध्यमबाट भेला हुने गरेका थिए । उनीहरू एक आपसको विचार राख्ने काम गर्थे । यसरी सङ्गठित हुने काम अत्यन्त कठिन पनि हो । तर, यो विद्रोहमा एउटा फरक शक्ति थियो । सत्ताले विद्रोहमा सरिक हुनेलाई ट्र्याक गर्ने सम्भावना पनि कमै थियो ।
जोन हप्किन्स विश्वविद्यालयमा राजनीतिक अर्थशास्त्र र विरोध प्रदर्शनमा विशेषज्ञता हासिल गरिरहेका प्राध्यापक हो जङ फङले यसमा दुई पक्षीय तरबारको धार भएको बताएका छन् ।
‘कुनै पनि आफ्नो व्यक्तिगत गुनासोमा मात्र अलमलिन सक्दैन । यथार्थमा समुदायका अन्य व्यक्तिको समस्या तथा भावनात्मक विषयले पनि प्रत्येक व्यक्तिलाई प्रभाव पार्न थाल्यो । तर उनीहरू सङ्गठित हुने सवालमा सामाजिक सञ्जालमा मात्र केन्द्रित रहे यसले सत्तालाई पनि सहज बनाउँछ । त्यस विद्रोह दमन गर्न सत्तालाई पनि सजिलो हुन्छ’ फङले भनेका छन्।
हवार्डमा अध्यापन गराइरहेकी प्राध्यापक एरिका चमनवेथ पनि सरकार पछिल्लो समय डिजिटल प्रविधिमा केन्द्रित भएको बताउँछिन् । सन् २०२१ मा म्यानमारमा सैनिक सत्ता स्थापना भए पछि सरकारले एक आपसमा समन्वय रोक्नका लागि इन्टरनेट नै बन्द गराएको थियो ।
हङकङ र चीनमा सरकारले प्रदर्शनकारीलाई निगरानीमा राख्न इन्टरनेट मात्र होइन मोबाइल म्यासेज हुने सबै एपलाई ट्रयाक गर्ने गरेको छ । अहिले चीनमा फेक आइडी बनाएर गलत सूचना सम्प्रेषण गर्ने तथा प्रदर्शनकारीकै माझमा अन्योल सृजना गर्ने क्रम बढेको छ । सत्ताले प्रयोग गर्न सक्ने नयाँ हथकण्डा मध्ये यो फेक अकाउन्ट बनाउने शैलीले धेरै सफलता पाएको छ । यो शैली गलत अफवाह फैलाउन सहज हुने स्थानमा लक्षित गरिन थालिएको छ ।
‘विदेशी हस्तक्षेप’को संज्ञा दिँदै विद्रोहको विरुद्धमा मानिसलाई भड्काउने प्रचलन संसारका अन्य देशमा छ । चीनमा राज्य संरक्षित ब्लगरहरु यसका लागि प्रयोग हुने गरेका छन् । एसियाली क्षेत्र र तेस्रो विश्वमा यो शैली प्रभावकारी भए पनि विकसित देशको हकमा विद्रोहलाई निर्मूल पार्न डिजिटल ट्र्याक नै सबै भन्दा उपयुक्त विधि बनेको छ ।
‘हवाइट पेपर ’ विद्रोहकै कारण चीनमा अन्य विद्रोहहरू सफल भएका हुन् । अन्य विद्रोहको पनि आँट आएको हो ।
धेरै एसियाली देश, जस्तै: प्रजातान्त्रिक प्रक्रिया नै अवरुद्ध भएको स्थान तथा देशहरूमा अन्तर्राष्ट्रिय निकायको विरोधका बाबजुद हरेक किसिमको शैली अपनाउन सक्ने छन् । ‘एक पक्षीय अधिनायकवादी सत्ता हुनेहरू एक जुट हुन्छन् । जब अन्तर्राष्ट्रिय निकायले उनीहरू माथि प्रतिबन्ध लगाउने तथा विरोधका केही काम गर्ने शैली अपनाउँछन्, त्यो समयमा त्यहाँका सत्ताले एकले अर्कोलाई सहयोग गर्ने गर्छन् ,’ प्राध्यापक हङले भने ।
तर अब विद्रोह गर्न चाहनेले केही फरक सोच्नु पर्ने समय आएको छ । टोरन्टो विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक डायना फुकै विचारमा अधिनायकवादी सत्ता भएको स्थानमा सडकमा मानिस जम्मा हुनु नै सफलता ठानिने गरिएको छ ।
‘ह्वाइट पेपर ’ विद्रोहमार्फत भने चीनमा पहिलो पटक सरकारको विरुद्धमा ‘नो’ भन्ने आवाज उठाइएको छ । फुकै अनुसार चीनमा २७ नोभेम्बर यताको विरोध प्रदर्शन एउटा टर्निङ प्वाइन्ट पनि हुन सक्ने छ । सत्तालाई कोभिड समयकै प्रोटोकल अपनाउन प्रेरित पनि गर्न सक्नेछ ।
यस कारण पनि केही चिनियाँ प्रदर्शनकारी दमनका बाबजुद आफूहरू सफल भएको महसुस गर्न थालेका छन् । ‘अहिलेको चीनमा यसरी विद्रोह बढ्नु चानचुने कुरा होइन’ त्यहाँको एक अभियन्ताले भने ‘यस विरोधका आवाजले सबैलाई आफू एक्लो नभएको तथा धेरे जना एउटै पथमा रहेको अनुभव गराएको छ ।’
ती अभियन्ताका अनुसार ‘हवाइट पेपर ’ विद्रोहकै कारण चीनमा अन्य विद्रोहहरू सफल भएका हुन् । अन्य विद्रोहको पनि आँट आएको हो । त्यो त विद्रोहको सफलताको मापन तत्कालीन समयमा भएको परिवर्तन मात्र नभएर त्यसले ल्याउने दीर्घकालीन असर पनि हो । प्रदर्शनकारी एक पटक असफल भए पनि भविष्यमा एकजुट हुने तथा विरोध प्रदर्शन हुने सम्भावना भने बारम्बार रहन्छ । उनीहरूले जनताको शक्तिले परिवर्तन ल्याउन सक्छ भन्ने कुरा महसुस गर्न सक्छन् ।
सायद यो विद्रोह इतिहासले सधैँ सम्झने विद्रोह बन्नेछ ।
‘जब सङ्गीत सिक्नेहरूले एक पटक जम्मा भएर बजाउन थाल्छन् । उनीहरू अर्को पटक पनि जम्मा भएर त्यसै ढङ्गले बजाउन सक्छन् ’क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक जेफ वेजरस्टोर्मले भने । थुप्रै प्रदर्शन र विद्रोह तत्कालका लागि असफल भए पनि यसले अन्य क्षेत्रमा उत्प्रेरित गरेको छ । एक स्थानको शैलीलाई अन्य स्थानका प्रदर्शनकारीले पनि अनुसरण गर्ने गरेको पाइएको छ ।
हातको इशारा तथा अश्रुग्याँसको असर कम गर्न छाता र ट्राफिक कोन प्रयोग गर्ने शैली सन् २०१९ मा पहिलो पटक हङकङमा देखिएको थियो । यो शैली बिस्तारै थाइल्यान्ड र श्रीलङ्कासम्म पुगेको छ । यसले देखाएको छ की सत्तासीनहरू एकत्रित भए जस्तै पछिल्लो समय भिन्न क्षेत्रका प्रदर्शनकारीको बिचमा भावनात्मक एकताको विकास पनि हुन थालेको छ ।
चीनमा बढेको ‘ह्वाइट पेपर’ विद्रोह पछि चीन बाहिर रहेका राष्ट्रपति सी जी पिङ विरुद्ध लहर नै चलेको छ । यस कारण पनि ‘ह्वाइट पेपर’ विद्रोहको असर कहिल्यै पनि नसकिने सहभागीहरूको जिकिर छ । सायद यो विद्रोह इतिहासले सधैँ सम्झने विद्रोह बन्नेछ ।
श्रोत : बीबीसी
तस्बिर : गेट्टी इमेज
प्रतिक्रिया