टिकटकमा चिनियाँ प्राविधिकको पहुँच छ : सीईओ  | Khabarhub Khabarhub

टिकटकमा चिनियाँ प्राविधिकको पहुँच छ : सीईओ 


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शोउ जी चेउले प्रयोगकर्ताको डेटामा चीनमा रहेका कम्पनीका प्राविधिकहरुको पहुँच रहेको स्वीकार गरेका छन् ।

अमेरिकी कंग्रेसमा जवाफ दिन पुगेका चिनियाँ भिडियो सेयरिङ साइट टिकटकका सीईओले  प्रयोगकर्ताको डेटामा चीनमा रहेका प्राविधिकको पहुँच रहेको स्वीकार गरेका हुन् ।

अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको ऊर्जा तथा वाणिज्य समितिको सुनुवाइका लागि टिकटकका सिईओलाई बोलाइएको थियो, सिंगापुरका नागरिकसमेत रहेका उनले भने, हामी विश्वव्यापी अन्तरसञ्चालनमा आधारित छौँ र चीनमा पनि हाम्रा प्राविधिकहरु छन् । त्यसैले चिनियाँ इन्जिनियरसँग विश्वव्यापी डेटाको पहुँच छ ।’

अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने बारेमा विचार गरिरहेका बेला उनको यस्तो बयान आएको हो । उनको जवाफबाट अमेरिकी प्रतिनिधि विश्वस्त हुन सकेका छैनन् ।

सुनुवाइका क्रममा टिकटकको डेटामा चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको समेत पहुँच रहेको अमेरिकी प्रतिनिधिहरूले आरोप लगाएका थिए तर उनले जवाफमा आफूले कम्पनीको जिम्मेवारी सम्हालेदेखि चिनियाँ कम्युनिस्ट पार्टीका कुनै पनि प्रतिनिधिले आफूसँग सम्पर्क नगरेको बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ७ : ५० बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक