आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन तालिबानको आग्रह « Khabarhub

आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन तालिबानको आग्रह


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा शासन चलाइरहेको तालिबान समूहले संयुक्त राष्ट्रसङ्घलाई आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन सोमबार पुनः आग्रह गरेको छ ।

अफगानिस्तानका अधिकारीहरूलाई दबाब दिनुको साटो अन्तर्राष्ट्रिय समुदायले उनीहरूसँग सहकार्य गर्नुपर्ने तालिबानको तर्क छ ।

सुरक्षा परिषद्ले यात्रा छुट बढाउने वा नबढाउने भन्ने विषयमा सहमति गर्न नसकेपछि १३ जना अफगान इस्लामिक अधिकारीलाई विदेश यात्रा गर्ने अनुमति दिने संयुक्त राष्ट्रसङ्घको छुटको म्याद सन् २०२२ को अगष्टमा सकिएको थियो ।

झण्डै २० देखि २५ जना तालिबानमा संलग्न व्यक्तिहरूलाई कालोसूचीमा राखिएको छ । तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदलाई उद्धृत गर्दै टोलोन्यूजले भनेको छ, “तीमध्ये केहीको मृत्यु भइसकेको छ, जीवितमध्ये धेरै कम अहिले सरकारमा छन् ।”

तालिबानद्वारा अफगानिस्तानमा सञ्चालित इस्लामिक इमिरेट सरकारका अधिकारीहरूलाई संयुक्त राष्ट्रसङ्घको कालोसूचीमा समावेश गर्नु दोहा सम्झौताको उल्लङ्घन भएको मुजाहिदको तर्क छ ।

उनले भने, “हामीले धेरै पटक भनिसकेका छौं, दबाब र बलप्रयोगले कुनै परिणाम ल्याउँदैन । अफगानिस्तानका जनता दबाबसामु आत्मसमर्पण गर्ने छैनन् भन्ने विगत २० वर्षको युद्धले प्रमाणित गरेको छ ।”

“संलग्नता र समझदारी राम्रो छ र वार्ता एक राम्रो विकल्प हो,” उनले थपे ।

सन् २०२० मा कतारको राजधानी दोहामा शान्ति सम्झौतामा हस्ताक्षर गरिएको थियो । दोहा सम्झौता विशेष गरी अमेरिका र तालिबानबीच अफगानिस्तानमा शान्ति ल्याउनका लागि हस्ताक्षर गरिएको एक विस्तृत शान्ति सम्झौता हो ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता तालिबानको सुरक्षा आश्वासनमा निर्भर थियो । सम्झौतामा अफगान भूमि अल–कायदा वा इस्लामिक स्टेटद्वारा अमेरिका विरुद्ध आक्रमणको कार्यस्थलका रूपमा प्रयोग नगरिने सर्तमा अमेरिकी नेतृत्वको सैनिक गठबन्धन अफगानिस्तानबाट बहिर्गमित भएको थियो ।

राजनीतिक विश्लेषक टोरेक फरहादीले जारी मानवीय सङ्कट र महिलाको आधारभूत अधिकारबाट बञ्चित हुनु नै तालिबानमाथिको प्रतिबन्धको कारण भएको बताएका छन् ।

फरहादीले भने, “शिक्षा र कामका लागि महिलाको अधिकार सुनिश्चित गर्नु र अन्तर–अफगान वार्तापछि अफगानिस्तानको नेतृत्व तहमा तालिबान नभएका प्रतिनिधिहरूलाई समावेश गर्नु नै प्रतिबन्धको कारण हो ।’’ यसबाहेक, राजनीतिक विश्लेषकहरूले इस्लामिक इमिरेट्सका सदस्यहरु संयुक्त राष्ट्रसङ्घको कालोसूचीमा निरन्तर रहनुलाई अन्तर्राष्ट्रिय समुदायको माग पूरा गर्न असफल भएका कारणले भएको दाबी गरेका छन् ।

एक राजनीतिक विश्लेषक सलीम काकरले यसबारे एक फरक प्रसंगमा भने, “मेरो विचारमा अफगान तालिबान अधिकारीहरूमाथिको कालोसूची इस्लामिक इमिरेट्सले वर्तमान प्रणाली र वर्तमान अन्तर्राष्ट्रिय कानूनहरूको पालना नगर्दासम्म अफगानिस्तानमा विश्वको राजनीतिक दबाबको एक भाग हो ।”

तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेयता देशमा महिलामाथिको दमन, तालिबान इतर समूहमाथिको दमन र समग्र शिक्षा तथा मानव अधिकारका मुद्दाहरू ओझेलमा परेका छन् । आर्थिक तथा राजनीतिक सङ्कट धेरै गुणा बढेको छ, जसले गर्दा मानिसहरूको जीवन अत्यन्त दयनीय बनेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १ : ३८ बजे

खाद्य तथा कृषि संगठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

काठमाडौं– नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन (एफएओ)

शासकीय सुधारलाई निरन्तरता दिने सचिव बैठकको निर्णय

काठमाडौं– सरकारका सचिवहरूको बैठकले शासकीय सुधारका लागि अघि बढाइएका कार्यक्रमलाई निरन्तरता

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर, फेरि अधिवेशन गर्न निर्देशन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति बदर गरिएको छ।

बीपी स्मृति दिवसमा कांग्रेसका तीन विशेष कार्यक्रम, गगनले नयाँ अभियान घोषणा गर्ने

काठमाडौं- नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस ‘जलवायु

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन

काठमाडौं– सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा