विद्यालयमा स्वास्थ्यकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था « Khabarhub

विद्यालयमा स्वास्थ्यकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तनहुँको व्यास नगरपालिका २ स्थित सत्यवती माध्यमिक विद्यालयले निःशुल्क उपचार तथा परामर्श सुरु गरेको छ । विद्यालयले आन्तरिक स्रोतबाट स्थास्थ्यकर्मीको व्यवस्था गरी छात्रछात्राको प्राथामिक उपचार सुरु गरेको हो ।

यसका लागि नर्स सुनिता जोशीलाई नियुक्त गरिएको छ । सरकारी सुविधा सरह तलब प्रदान गरी विद्यार्थीको उपचारका लागि स्वास्थ्यकर्मी राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले जानकारी दिए ।

विद्यार्थी घाइते भएमा, बिरामी भएको अवस्थामा विद्यालयमै प्राथामिक उपचार सेवा प्रदान गर्न विद्यालयले चिकित्सकको व्यवस्था गरेको हो । उनले भने “विद्यार्थीमा जटिल किसिमका अवस्था भएमा अभिभावकलाई बोलाएर जिम्मा लगाइ अस्पतालसम्म पु¥याउने व्यवस्था मिलाइएको छ ।”

विद्यालयमा दुई हजार सात सय विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १ : ५७ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्