नेप्से परिसूचक १७.७० अंकले बढ्यो « Khabarhub

नेप्से परिसूचक १७.७० अंकले बढ्यो


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबार तुलनामा नेप्से परिसूचक १७.७० अंकले बढेर १९०६.०० बिन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा कुल २६१ कम्पनीको ४३ लाख ८ हजार ६ सय ४५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोडमाथिको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ ।

यस कम्पनीको ५ करोड ९० लाख ८० हजार ७ सय ६३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस्तै सोमबारको सेयर बजारमा सुपर माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् ।

यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा एसियन हाइड्रोपावर, कालिन्चोक दर्शन, अजोड इन्स्योरेन्स, लक्ष्मी लघुवित्त वित्तिय संस्था र अपर सोलु हाइड्रो इलेक्ट्रिकका लगानीकर्ता पनि मालामाल भएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ३ : ३१ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन