नेप्से परिसूचक १७.७० अंकले बढ्यो « Khabarhub

नेप्से परिसूचक १७.७० अंकले बढ्यो


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबार तुलनामा नेप्से परिसूचक १७.७० अंकले बढेर १९०६.०० बिन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा कुल २६१ कम्पनीको ४३ लाख ८ हजार ६ सय ४५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोडमाथिको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ ।

यस कम्पनीको ५ करोड ९० लाख ८० हजार ७ सय ६३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस्तै सोमबारको सेयर बजारमा सुपर माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् ।

यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा एसियन हाइड्रोपावर, कालिन्चोक दर्शन, अजोड इन्स्योरेन्स, लक्ष्मी लघुवित्त वित्तिय संस्था र अपर सोलु हाइड्रो इलेक्ट्रिकका लगानीकर्ता पनि मालामाल भएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ३ : ३१ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६