तीन दिने मुद्रा प्रदर्शनी सुरु « Khabarhub

तीन दिने मुद्रा प्रदर्शनी सुरु


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल मुद्रा सङ्कलक सङ्घको आयोजनामा तीन दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा सुरु भएको छ ।

राष्ट्रियस्तरको प्रदर्शनी यसअघि पनि आयोजना भएको थियो । अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी भने यो पहिलोपटक आयोजना गरिएको हो । प्रदर्शनीमा लिच्छविकाल, मल्लकाल र शाहकालका मुद्रा एवं कागजी नोट प्रदर्शनीमा राखिएको छ । पशुपति मुद्रादेखि शाहकालसम्म निष्कासन भएका मुद्रा प्रदर्शनीमा राखिएको सङ्घको महासचिव समेत रहेका प्रदर्शनी संयोजक दीपेन्द्ररत्न शाक्यले जानकारी दिए ।

प्रदर्शनीको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गरे । कार्यक्रममा नेपाल राष्ट्र बैङ्क टक्सार विभागका प्रमुख सत्येन्द्र सुवेदी, सङ्घका अध्यक्ष दीनेशराज मास्के र महासचिव शाक्यलगायतले मुद्रा सङ्कलनको महत्त्वका बारेमा प्रकाश पारेका थिए ।

नेपालमा विसं २००२ देखि कागजको नोट प्रकाशन हुन थालेको हो । नेपाल राष्ट्र बैङ्कको स्थापना नभए पनि खजाञ्ची जनकराज पण्डितले हस्ताक्षर गरी रु पाँच, रु १० र रु १०० का नोट प्रकाशन भएको इतिहास रहेको आयोजक समितिका सदस्य राजु श्रेष्ठले जानकारी दिए । मुद्राको इतिहास रक्षाका लागि पनि मुद्रा सङ्कलन महत्त्वपूर्ण हुने जनाइएको छ ।

प्रदर्शनीमा भारतका मुद्रा सङ्कलकको पनि सहभागिता रहेको छ । गत वर्ष भारतको कोलकातामा पनि यस्तै प्रदर्शनी गरिएको आयोजक समितिका अर्का सदस्य चन्द्ररवि श्रेष्ठले जानकारी दिए । सङ्घमा हाल तीन सय ५९ सदस्य सक्रिय रहेका छन् । जसले निरन्तर रूपमा मुद्रा सङ्कलन गर्ने गरेको जनाइएको छ ।

प्रदर्शनी बुधबारसम्म चल्नेछ । प्रदर्शनीमा मुद्रा किनबेच गर्नसमेत पाइने छ । पुराना मुद्राको निश्चित मूल्य नतोकिने भएकाले आपसी समझदारीमा किनबेच गर्न सकिने आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ७ : ०९ बजे

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया