यी हुन् काफलका फाइदा « Khabarhub

यी हुन् काफलका फाइदा


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसममा पहाडका वन पाखा जताततै काफल पाकेको हुन्छ । अहिले नेपालका अधिकांश वनहरूमा काफल पाकेको छ । यो एउटा प्राकृतिक फल हो । यसको स्वाद निकै नै मिठो र स्वादिष्ट हुन्छ । यसलाई त्यसै वा साँधेर कुटेर पनि खान सकिन्छ । यो बालकदेखि वृद्धा युवा हरेकले मन पराउने फल पनि हो । चिकित्सकहरुका अनुसार काफल एउटा फलमात्र होइन । काफललाई विभिन्न रोगको औषधिको रूपमा पनि प्रयोग गरेको पाइन्छ । काफलमा प्रोटिन, फाइबर, जैविक पदार्थ, कार्बोहाइड्रेटलगायतका पौष्टिक तत्व पाइन्छ । काफलको बोक्रामा एन्टीसेप्टिक गुण पाइन्छ भने यो कफ र ज्वरो नियन्त्रणका लागि पनि लाभदायक मानिन्छ ।

यस्ता छन् काफलका फाइदाहरू

– काफलको सेवनले टाउको दुखाई कम हुन्छ ।

– काफलको काँडा बनाएर त्यसमा चिनी वा मिस्री मिसाइ पिउनाले खोकी, दम, हृदयरोगलगायतका समस्याबाट छुटकारा पाउन सकिन्छ ।

– काफलको सेवनले स्वर राम्ररी खुलाउँछ ।

– काफलले आँखाको ज्योति बढाउने काम गर्छ ।

– काफलको सेवनले अपच र अरुचि हुने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

– पखाला लागेको बेला काफलको सेवन लाभदायक मानिन्छ ।

– सामान्यतया काफलको बोक्रालाई पिसेर धुलो बनाउने र त्यस धुलोलाई मञ्जनका रुपमा ब्रस गरे दाँतको दुख्ने समस्या काम हुन्छ । साथै दाँत पनि सफा हुन्छ ।

– काफल सेवनले गर्मीमा शीतलता प्रदान गर्छ ।

– काफलको बोक्रालाई तिलको तेलमा पकाएर दुई थोपा कानमा हाल्दा कान पाक्ने र कम सुन्ने समस्याबाट राहत पाउन सकिन्छ ।

– महिनावारीमा गडबडी भएका बेला पनि काफलको सेवन फाइदाजनक छ ।

– शरीरका कुनै बाहिरी अंगमा घाउ भएमा वा चोटपटक लागेमा काफलको धुलोको लेप बनाएर लगाउँदा चाँडै लाभ मिल्छ ।

– काफलको सेवनले पिसाबसम्बन्धी समस्या कम हुन्छ ।

– काफलको सेवनले मृगौलाको समस्या कम हुन्छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ६ : ५२ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग