यी हुन् काफलका फाइदा « Khabarhub

यी हुन् काफलका फाइदा


१४ बैशाख २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसममा पहाडका वन पाखा जताततै काफल पाकेको हुन्छ । अहिले नेपालका अधिकांश वनहरूमा काफल पाकेको छ । यो एउटा प्राकृतिक फल हो । यसको स्वाद निकै नै मिठो र स्वादिष्ट हुन्छ । यसलाई त्यसै वा साँधेर कुटेर पनि खान सकिन्छ । यो बालकदेखि वृद्धा युवा हरेकले मन पराउने फल पनि हो । चिकित्सकहरुका अनुसार काफल एउटा फलमात्र होइन । काफललाई विभिन्न रोगको औषधिको रूपमा पनि प्रयोग गरेको पाइन्छ । काफलमा प्रोटिन, फाइबर, जैविक पदार्थ, कार्बोहाइड्रेटलगायतका पौष्टिक तत्व पाइन्छ । काफलको बोक्रामा एन्टीसेप्टिक गुण पाइन्छ भने यो कफ र ज्वरो नियन्त्रणका लागि पनि लाभदायक मानिन्छ ।

यस्ता छन् काफलका फाइदाहरू

– काफलको सेवनले टाउको दुखाई कम हुन्छ ।

– काफलको काँडा बनाएर त्यसमा चिनी वा मिस्री मिसाइ पिउनाले खोकी, दम, हृदयरोगलगायतका समस्याबाट छुटकारा पाउन सकिन्छ ।

– काफलको सेवनले स्वर राम्ररी खुलाउँछ ।

– काफलले आँखाको ज्योति बढाउने काम गर्छ ।

– काफलको सेवनले अपच र अरुचि हुने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

– पखाला लागेको बेला काफलको सेवन लाभदायक मानिन्छ ।

– सामान्यतया काफलको बोक्रालाई पिसेर धुलो बनाउने र त्यस धुलोलाई मञ्जनका रुपमा ब्रस गरे दाँतको दुख्ने समस्या काम हुन्छ । साथै दाँत पनि सफा हुन्छ ।

– काफल सेवनले गर्मीमा शीतलता प्रदान गर्छ ।

– काफलको बोक्रालाई तिलको तेलमा पकाएर दुई थोपा कानमा हाल्दा कान पाक्ने र कम सुन्ने समस्याबाट राहत पाउन सकिन्छ ।

– महिनावारीमा गडबडी भएका बेला पनि काफलको सेवन फाइदाजनक छ ।

– शरीरका कुनै बाहिरी अंगमा घाउ भएमा वा चोटपटक लागेमा काफलको धुलोको लेप बनाएर लगाउँदा चाँडै लाभ मिल्छ ।

– काफलको सेवनले पिसाबसम्बन्धी समस्या कम हुन्छ ।

– काफलको सेवनले मृगौलाको समस्या कम हुन्छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ६ : ५२ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा