प्रतिष्ठान स्थापनाको अवसरमा ७ श्रष्टालाई सम्मान गरिँदै « Khabarhub

प्रतिष्ठान स्थापनाको अवसरमा ७ श्रष्टालाई सम्मान गरिँदै


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित सात श्रष्टालाई सम्मान गरिने भएको छ।

प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको अवसरमा वैशाख १५ गते शुक्रबार श्रष्टालाई सम्मान गर्न लागिएको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानको स्थापना २०७८ साल वैशाख १५ गते भएको थियो ।

उनका अनुसार गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट स्याङ्जाका अम्मर पोखरेली, गण्डकी प्रज्ञा कला सम्मानबाट तनहुँका आलोक गुरुङलाई सम्मान गर्न लागिएको हो ।

उनीहरूलाई जनही रु एक लाख नगद, सम्मानपत्र, दोसल्लासहित सम्मान अर्पण गरिने श्रेष्ठले बताए । त्यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट लमजुङकी माया गुरुङलाई नगद रु ५० हजारको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ । गण्डकी प्रज्ञा युवा सम्मानबाट मोतीबहादुर कार्की र लक्ष्मी थापालाई नगद रु २५ हजारको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको संयोजकत्वमा गठित छनोट समितिले सम्मान गरिने व्यक्तित्व छनोट गरेको हो । समितिमा वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायन, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य रहेका छन्।

कार्यक्रममा सम्मानित श्रष्टाले धुनमा कविता सुनाउनुका साथै झाँकी प्रदर्शन, नृत्य प्रस्तुति र गायन प्रस्तुति आदि आकर्षण रहेको आयोजकले जनाएको छ । साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गर्ने कार्य गरिरहेकोमा यस वर्ष थप महत्वपूर्ण कार्य गरेको जनाइएको छ ।

गण्डकी प्रदेशको नाट्य क्षेत्रलाई लक्षित गरेर ‘गण्डकी नाट्यदर्पण’ प्रकाशन गर्नुका साथै प्रदेशका विभिन्न जिल्लाका २८ श्रष्टाको बायोग्राफी तयार गरिएको श्रेष्ठले सुनाए । परम्परागत गीत संरक्षण र श्रष्टा स्वास्थ्य बिमा कार्यक्रमसमेत थालनी गरिएको उनले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  १० : २७ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले