कोही त्यसै खराब हुँदैन  | Khabarhub Khabarhub

कोही त्यसै खराब हुँदैन 


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

मानिसको जीवन भोगाइ साँच्चै अचम्मकै हुँदो रहेछ। कस्तो समयमा कसको साथ चाहिन्छ ठेगान नै हुँदैन। को आफ्नो भन्ने त समयले पुष्टि गर्ने रहेछ।

लीभीया हाइडक संसारमै नाम चलेकी खोज पत्रकार हुन्। उनका फ्यान वा पाठक धेरै छन्। मल्टीपल स्केरेलोसिसको असर भए पछि उनी पेसाबाट हराएको जस्तो भइन्। त्यही समयमा उनले अनपेक्षित व्यक्तिबाट सहयोग पाइन्। आफैले अन्तरवार्ता लिएको अपराधी ठहरिएका व्यक्तिबाटै उनले धेरै सहयोग पाइन्। जसले उनको जिन्दगीमा नयाँ मोड आयो।

‘म कहिल्यै डराउँदिन भनेर मैले भनी रहेँ। तर यो एमएसले मलाई अत्त्यायो ’,लिभियाले भनिन् ‘मलाई आफू एकदमै साँघुरिएको महसुस भयो।’
ती ३८ बर्सिया महिलाले एकदमै चुनौतीपूर्ण जिन्दगी भोगेकी थिइन्। एउटा महिला ग्याङ र बाल सेना सम्मको डकुमेन्ट्री र रिपोर्टिङ गरेर कायरोमा सनसनी फैलाएकी थिइन्। उनको पछिल्लो रिपोर्ट ग्याङ स्टार स्टोरी अफ जन पाल्मरले त सनसनी नै फैलाएको थियो। बेलायती इतिहासमा बलपूर्वक गरिएको सबै भन्दा ठुलो सन् १९८३ को सुन डकैतीमा पालमरको उपस्थिति र भूमिकाका बारे सो रिपोर्ट तयार भएको थियो।

टिनएज हुँदा उनी अमेरिकी र्‍याप सङ्गीतको पारखी थिइन्। त्यसैले उनलाई भूमिगत ग्याङ र हिंसाका बारे जान्ने चाहना जागृत गरायो।

अपराधका संलग्न मानिसहरूको आफ्नै हेर्ने दृष्टिकोण हुन्छ। उनीहरू त्यसमा लाग्नुको कारण हुन्छ। त्यही आँखाले पनि हेर्न सक्ने र समाजलाई पनि फरक आँखाले हेर्न लगाउने तीनै बहादुर पत्रकार थिइन् उनी।

जोखिम मोल्ने र समाजले भनेको गलत मानसिकता उल्ट्याउन सक्ने अदम्य साहस उनीमा आयो। सन् २०१६ मा फिलिपिन्सको वार अफ ड्रगको रिपोर्टिङ र नदेखिएको तथ्यको नजिक पुग्ने उनको अर्को बहादुरी थियो। ‘त्यही समयमा मेरो गोडामा केही फरक भएको थियो र पछि गोडा कतै कमजोर भएको महसुस भएको थियो।’ उनले भनिन्।

अपहरण गर्ने ग्याङकै बारे डकुमेन्ट्रीमै आफूलाई फेरि समाहित गर्दै उनी आफूलाई भुलाउन चाहन्थिन्  तर त्यो सम्भव भएन।

फिलिपिन्समा त्यो सबैको दृश्य लिएर उनी लन्डन पुगेकी थिइन्। त्यस पछि नै रोगको केही लक्षण देखियो। त्यसको चार वर्षसम्म उनी बारम्बार चिकित्सक कहाँ पुगिन् तर, रोग पत्ता लागेन।

सन् २०२० मा उनलाई स्पाइनल फ्लुयडको परीक्षण गर्न भनियो। सो समयमा गरिएको परीक्षणका कारण उनको रोग पत्ता लाग्यो। त्यतिबेला जीउका धेरै आन्तरिक अङ्गहरू काम नलाग्ने भइसकेका थिए। जसका कारण मस्तिष्क र शरीरको समन्वय नै टुटेको थियो। उनको शरीरको मेरुदण्ड र सिङ्गो संरचनामा नै जोखिम उत्पन्न भइसकेको थियो।

यस पछि नसा रोग विशेषज्ञको सल्लाहमा गरिएको थप परीक्षणको आधारमा उनी एमएस पीडित भएको कुरा औपचारिक पुष्टि भयो। अस्पतालबाट उपचारको योजना बनाउन अर्को साता खबर गर्ने गरी उनको परीक्षणको काम टुंगिएको थियो। साता बित्ते पछि पनि उनलाई कसैले सम्पर्क गरेन। ‘मलाई ग्रिनेड प्रहार गरिए जस्तो महसुस भइरहेको थियो ,’उनले थपिन्।

अपहरण गर्ने ग्याङकै बारे डकुमेन्ट्रीमै आफूलाई फेरि समाहित गर्दै उनी आफूलाई भुलाउन चाहन्थिन्  तर त्यो सम्भव भएन। ‘रोगको बारे भन्दा पनि डकुमेन्ट्रीको बारे सोच्दा सहज हुने भएकाले मैले यो निर्णय गरेको हुँ।’

सन् २०१९ मा उनलाई अर्को झट्का लाग्यो। परिवारमा भएको सामान्य असमझदारीले नै विकराल रूप लियो। नर्सले उनलाई कल गरिन् र उपचारको बाटो तय भयो। उनी सावधान हुन किन पनि जरुरी थियो भने उनी महत्त्वपूर्ण परीक्षणको पाटो भई रहेकी थिइन्।

उनले कैयौँ रात जागा भएर बिताएकी थिइन्। अन्तरवार्ताका लागि उनी तयार थिइन्। ,‘यो संसारमा धेरै अपत्यारिलो व्यक्तिको बास छ ,’ उनले हाँस्दै भनिन्। उनको जीवन भोगाइ अझ विशेष छ। उनको पिडा पछि जीवनमा आएका धेरैले पिडा थपे घटाएनन्।

उनको काम कुनै दिन जीवन गुजाराको माध्यम थियो। कुनै बेला समृद्धिको बाटो बनेको थियो। त्यसै कामका कारण आज रोगले थला पर्नु पर्‍यो।  पछिल्लो समय त सहारा बनेर आएको छ।

‘अपराधको दुनियाँमा नजिकबाट हेर्दा मैले धेरै कुरामा धेरै जना असक्षम भएको देखेको थिएँ।’ उनले भनिन्। उनले कस्तोसम्म सहेकी थिइन् भने उनले अन्तरवार्ता लिएको धेरै जना कुनै समय प्रहरीको गोली लागेर ह्वील चीयरमा पुगेका थिए।

कोही अपराधी आफै हुँदैन, सामाजिक संरचनाले पनि बनाउन सक्छ भनेर वकालत गर्ने लिभियाले आखिर पुरस्कार पाएकी छन्। 

कोषहरू नास हुँदै जाने अर्को गम्भीर समस्या उनले उपचारको क्रममै भोगेकी थिइन्। यसका कारण रगतका रक्त कोषहरू बाक्लो हुने र नसामा राम्रोसँग सञ्चार नहुने समस्या थपिएको थियो। यसै समस्याका कारण अक्सिजनको आपूर्तिका कारण शरीरका धेरै अङ्ग समस्यामा परेका थिए। त्यस समयमा उनले  भोगेको पिडाको त कुरै नगरौँ।

त्यस समयमा पनि उनको चिने जानेको एक जनालाई अस्पतालमै आएर अर्को ग्याङले आक्रमण गरेको थियो। सो दृश्य थप पिडादायक बन्यो।
उनले चिनेको अर्को ग्याङ सदस्य पनि गोली लागेर आँखा नै काम नलाग्ने भएर अस्पताल पुगे। यस्ता आपराधिक गिरोह संलग्न भनिएकाहरू अन्य बिमारीसँग भेट गर्दा आफ्नो परिवारको सदस्य झैँ प्रस्तुत हुन्थे।

एमएसको असर उनको शरीरमा पर्दै थियो। गोडामा बिजुलीको झट्का दिए जस्तो महसुस भएको थियो। उनको उपचार क्रमिक रूपमा हुँदै थियो। बिस्तारै मस्तिष्क नै काम नलाग्ने झैँ भएको थियो। हरेक ६ सातामा जलले सेक्दै उनको शरीरको असरलाई कम गर्ने योजना चिकित्सकले बनाए जतिबेला उनका सामु प्रशस्त समस्या आइ सकेका थिए।

उनले एमएसका बारे सल्लाह गर्ने कुनै साथी भेटेकी थिइनन्। उनले जीवन साथीको खोजी पनि गरिन्। फ्रिलान्सरको रूपमा करियर अगाडी बढाउनु, जीवन यापनका समस्या हल गर्नु र उपचार गर्नु  यी सबै उनका लागि कठिन थियो।

उनलाई कसले बुझ्न सक्छ ? यो एउटा गम्भीर समस्या थियो। कसैको सहारा चाहिएको थियो । संयोगवश लामो समय उनले चिनेका व्यक्तिनै उनको सम्पर्कमा आएको थियो। जेलमा बसेको र दुनियाँले अपराधी भनेको त्यो व्यक्ति नै हाइडकको जीवनमा नयाँ नायक बनेर आए।

झट्ट सुन्दा फिल्मको कथा झैँ लाग्ने घटना उनको जीवनमा आएको छ। धपधप बलेको करियर र स्वस्थ शरीर हुँदा त धेरै जना उनका सामु झुम्मिन आउँथे। तर, जब उनी कमजोर भइन्, उनलाई यो संसार रित्तिएको जस्तो महसुस भयो। त्यो समयमा जेल जिवन बिताएका एक व्यक्ति उनको साहारा बनेका छन्। एक-दुई दिनलाई होइन, सधैँ साथ दिने प्रतिबद्धताका साथ। कोही अपराधी आफै हुँदैन, सामाजिक संरचनाले पनि बनाउन सक्छ भनेर वकालत गर्ने लिभियाले आखिर पुरस्कार पाएकी छन्।
श्रोत : बीबीसी

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  १० : ५३ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला