वैदेशिक ठगी आरोपमा एक जना पक्राउ « Khabarhub

वैदेशिक ठगी आरोपमा एक जना पक्राउ


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अजरवैजान पुर्‍याई ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

टीकापुर नगरपालिका-१ घर भएका कृतक बहादुर साउँदलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले ४० वर्षीय साउँदलाई बुधबार काठमाडौँको सिनामंगलबाट पक्राउ गरेको हो ।

साउँदले कैलालीको वर्दगोरीया गाउँपालिका-६ का दीनेश बमलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पुर्‍याइदिने भन्दै अजरबैजान पुगाएर दुई महिनादेखि अलपत्र पारेको प्रहरीले जनाएको छ ।

पोर्चुगल पुर्‍याएर मासिक दुई लाख नेपाली रकम हुने गरी काम लगाइदिने भन्दै उनले बमलाई प्रलाेभनमा पारेका थिए ।

उनले बमसँग विभिन्न प्रलोभन पार्दै पटक-पटक गरेर १३ लाख ९२ हजार रुपैयाँ लगेर अलपत्र पारेको प्रहरीले जनाएको छ ।

अलपत्र पारी ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  २ : ०६ बजे

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो चिकित्सक लाइसेन्स परीक्षा तालिका

काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले २०८३ सालमा सञ्चालन हुने चिकित्सक

देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी

काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक