गौरव र नम्रताको ‘नम्बरी सुन’ फस्टलुकमा कलाकारको भाव « Khabarhub

गौरव र नम्रताको ‘नम्बरी सुन’ फस्टलुकमा कलाकारको भाव


१४ बैशाख २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ को बिहीबार दोस्रो पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा फिल्मका प्रमुख पात्र गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली फिचर्ड छन् ।

फिल्म आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउँदै छ । सार्वजनिक पोस्टरमा कलाकारको भावलाई प्रस्तुत गरिएको छ । पोस्टरमा अभिनेत्री नम्रता सापकोटालाई साधारण महिलाको रूपमा प्रस्तुत गरिएको छ । त्यस्तै गौरवलाई केही आक्रोशित मुडमा देखाइएको छ ।

फिल्ममा खलपात्रको भूमिकामा देखिएका किरणलाई काँधमा हतियार बोकेर आक्रोशमा देखाइएको छ । अभिनेता सरोजलाई गम्भीर चरित्रमा देखाइँदा राजाराम र बुद्धिलाई आश्चर्यको शैलीमा प्रस्तुत छन् ।

नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ ।

फिल्ममा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर रहेको छ । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामिछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन रहेको छ ।

फिल्ममा विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन छ । फिल्मलाई काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दै छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  २ : १५ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२