बर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध  « Khabarhub

बर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध 


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाका बर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ । संघीय सरकारले वर्डफ्लु पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि  राहत रकम पाउन थालेका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुशील केसीका अनुसार विसं २०७८ कात्तिक १२ देखि २०७९ असार ७ गतेसम्म जिल्लामा बर्डफ्लु सङ्क्रमण देखिएकाले कुखुरालगायत अन्य वस्तु नष्ट गरिएको थियो । नष्ट भएका अन्य बस्तुसमेत मूल्यांकन गर्दै सरकारले ७५ प्रतिशत राहत रकम उपलब्ध गराएको उनले बताए । 

प्रमुख केसीले भने ‘बर्डफ्लु पीडित किसानलाई रु ३१ करोड ९१ लाख ३१ हजार सात सय ४९ राहत रकम आएको छ । यो रकम वितरणको काम सुरु भएको छ । पीडित किसानको खातामा सोझै भुक्तानी पुग्ने गरी काम अघि बढाइएको छ । ‘

उनले भने, ‘३७ फर्मको मात्रै रकम आएको छ । कुनै दोहोरिएको र कसैको कागज नपुगेका कारण राहत रकम कम आएको हो ।’ तीन लाख ६९ हजार तीन कुकुरा, सात लाख तीन हजार छ सय २५ अण्डा र ९८ हजार सात सय २८ किलो दानाका लागि सो रकम प्राप्त भएको कार्यालयले जनाएको छ । जिल्ला दररेट समितिबाट ४२ करोड ५५ लाख आठ हजार नौ सय ९९ क्षति भएको सिफारिस गरिएको थियो ।

बर्डफ्लुका कारण जिल्लामा तीन लाख ७२ हजार छ सय १२ पक्षी नष्ट गरिएको हो । बर्डफ्लुको असर सबैभन्दा धेरै लेयर्स कुखुरामा परेको र  विभिन्न उमेर समूहका लेयर्स कुखुरा तीन लाख ५८ हजार एक सय ११ वटा नष्ट गरिएको थियो ।

यस्तै प्यारेन्ट कुखुरा १२ हजार ३३, कडकनाथ आठ सय ९६, बोइलर आठ सय ९६, टर्की पाँच सय वटा नष्ट गरिएको थियो । स्थानीय जातका कुखुरा एक सय ३२, हाँस ३६ र बट्टाई आठ वटा नष्ट गरिएको प्रमुख केसीले जानकारी दिए । सोही क्रममा लेयर्स कुखुराको अण्डा पाँच लाख ५० हजार सात सय ९१, प्यारेन्ट अण्डा एक लाख ७८ हजार पाँच सय ६४, क्रेट एक लाख २८ हजार नौ सय २० वटा नष्ट गरिएको थियो । 

दाना ९४ हजार सात सय २८ किलो, टर्कीको अण्डा छ हजार तीन सय, हाँसको अण्डा २० वटा, अण्डा राख्ने कार्टुन दुई हजार पाँच सय वटा, डाला छ हजार ६० वटा, टर्कीको मासु एक सय २० किलो र कुखुराको मासु ४० किलो नष्ट गरिएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ३ : ४९ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन