राप्रपा अध्यक्ष थापाको चुनावी खर्च साढे १५ लाख « Khabarhub

राप्रपा अध्यक्ष थापाको चुनावी खर्च साढे १५ लाख


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा साढे १५ लाखभन्दा बढी खर्च गरेको विवरण निर्वाचन आयोगलाई बझाएका छन्।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट सूर्य चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्ष थापाले १५ लाख ३७ हजार तीन सय ४० खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन्  ।

थापाका निर्वाचन प्रतिनिधि राजाराम बर्तौलाले बुझाएको विवरणानुसार सवारी साधनमा दुई लाख, सम्पर्क कार्यालय सञ्चालनमा तीन लाख, गोष्ठी, अन्तरक्रिया शीर्षकमा दुई लाख, प्रतिनिधि परिचालनमा चार लाख, प्रचारप्रसार सामग्रीमा एक लाख ७७ हजार नौ सय र प्रचारप्रसारका लागि छापा एवं विद्युतीय माध्यममा दुई लाख ५९ हजार चार सय ४० खर्च भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ६ : ४६ बजे

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार