महानिरीक्षक अर्यालद्वारा शान्ति स्थापनार्थ खटिने एपीएफ टोलीको बिदाई  « Khabarhub

महानिरीक्षक अर्यालद्वारा शान्ति स्थापनार्थ खटिने एपीएफ टोलीको बिदाई 


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शान्ति स्थापनार्थ खटिने एपीएफ टोलीको बिदाई गरेका छन् । शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफ.पी.यू) वान जुवामा कार्यरत दशौँ डफ्फालाई बदली गर्न  जाने टोलीलाई बिदाई गरेका हुन् ।

उनले विनाशलाई विकास र संघर्षलाई शान्तिमा बदल्ने ठुलो जिम्मेवारी बोकेर द्वन्द्वग्रस्त मुलुकमा सशस्त्र प्रहरी कर्मचारीहरूले चेन अफ कमाण्ड, अनुशासन र सामूहिक भावनाकासाथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी सो राष्ट्रको नियम कानुनको पालन गर्दै जिम्मेवारी निर्वाहमा जुट्ने विश्वास समेत व्यक्त गरे । 

उनले टोलीलाई संयुक्त राष्ट्रसंघीय मिशनमा रहँदा समग्र संगठन र राज्यले आर्जन गरेको छविलाई आच आउन नदिने गरी जनताले अपेक्षा गरे बमोजिम बिभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय तथा सहकार्य गरी मानवअधिकारको उच्च सम्मान गर्दै विश्व शान्ति स्थापनाको कार्यमा आ–आफ्नो ज्ञान, सिप र क्षमताको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन दिएका छन् । 

महानिरीक्षक अर्यालले एफ.पी.यू मिशन छनौट निर्देशिका बनिसकेकोले अब १५ वर्ष सेवा अवधि पुगिसकेकाहरूले मात्र सहभागि हुन पाउने र सशस्त्र प्रहरी कर्मचारीहरूको त्याग, उर्जा समर्पण र जेष्ठताको समेत मूल्यांकन हुने बताए । मिसनमा खटिई जान लागेको टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरूले शुभकामना सहित हार्दिक बिदाई गरे ।

सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसन अन्तर्गत पहिलो पटक लाइबेरियामा खटिएको थियो । सो मिसन सन् २०१६ मा बन्द भएको हो । त्यसअघि दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो । सो मिसनको पहिलो कमाण्डरको रुपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दर्जामा रहँदा कमाण्ड सम्हालेका थिए । सो मिसनमा हाल १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन् ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक उद्धव बहादुर न्यौपानेको कमाण्डमा १६ जना सिनियर अधिकृत, ३४ जना जुनियर अधिकृत र १ सय ३० विल्लादार जवानहरु गरी जम्मा १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीहरु बैशाख १६ गते साँझ त्यसतर्फ प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ७ : १९ बजे

वीर अस्पताल र ट्रमा सेन्टरको नियुक्ति प्रक्रिया कानुनविपरीत भएको भन्दै अख्तियारमा उजुरी

काठमाडौं– वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरमा विभिन्न चिकित्सकीय पदमा

प्रतिनिधि सभा‍मा दुई विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने

बर्ड फ्लु संक्रमण देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालन भइरहेको सदर चिडियाखाना अनिश्चितकालका

राष्ट्रिय चलचित्र पुरस्कारमा ’ऊनको स्वीटर’को वर्चस्व, नीर शाह उत्कृष्ट अभिनेता

काठमाडौं – सरकारले हरेक वर्ष गर्दै आएको ’राष्ट्रिय चलचित्र पुरस्कार’को

रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष