चीनका राष्ट्रपति र युक्रेनी राष्ट्रपति बीच फोनवार्ता | Khabarhub Khabarhub

चीनका राष्ट्रपति र युक्रेनी राष्ट्रपति बीच फोनवार्ता


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –  चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग चीन-युक्रेन सम्बन्ध र युक्रेन सङ्कटका विषयमा टेलिफोन वार्ता गरेका छन् ।

सो अवसरमा राष्ट्रपति सीले युक्रेन सङ्कट समाधानका निम्ति वार्ता नै एकमात्र व्यावहारिक उपाय भएको बताउँदै आणविक युद्धमा कसैको जित नहुने धारणा राखेका थिए ।

चीनले युरेसियाली मामिलासम्बन्धी चिनियाँ सरकारको विशेष प्रतिनिधिलाई युक्रेन र अन्य देशको भ्रमण गर्न पठाउने र जारी सङ्कटको राजनीतिक समाधानका लागि सबै पक्षहरूसँग गहिरो समन्वय गर्न पनि उनले बताए ।

युक्रेन सङ्कटमा चीन सधैं शान्तिको पक्षमा उभिएको र यसको मुख्य अडान शान्तिको लागि वार्तालाई सहज बनाउनु रहेको पनि राष्ट्रपति सीको धारणा छ ।

उनले चार बुँदे प्रस्तावहरूमा अन्तरराष्ट्रिय समुदायले मिलेर गर्नुपर्ने चारवटा कुरा र तीनवटा अवलोकनहरू उल्लेख गरेका छन् । सो प्रस्तावनामा चीनले युक्रेन सङ्कटको राजनीतिक समाधानबारे आफ्नो स्थिति सार्वजनिक गरेको पनि उल्लेख गरे ।

‘चीनले न त युक्रेन सङ्कट सृजना गरेको हो न त यो सङ्कटको पक्षमा छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य र जिम्मेवार प्रमुख देशको रूपमा चीन चुपचाप बस्दैन’ उनले भने ।

सबै पक्षले युक्रेन सङ्कटलाई गम्भीरतापूर्वक विचार गर्ने र वार्ताको माध्यमबाट युरोपमा दिगो शान्ति र सुरक्षा ल्याउने उपायहरू संयुक्त रूपमा खोज्ने आशा पनि सीले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ८ : १५ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन