रुद्रमती सरसफाइ अभियान सुरु « Khabarhub

रुद्रमती सरसफाइ अभियान सुरु


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बूढानीलकण्ठ नगरपालिका र जिल्ला वन कार्यालयको संयुक्त आयोजनामा आजदेखि रुद्रमती सरसफाइ अभियान सुरु गरिएको छ । खोलामा अनावश्यकरूपमा माटो जम्मा भएको, झारपात धेरै पलाएको र फोहर मनपरी फाल्ने गरेर रुद्रमती फोहर भएका कारण सफा, सुन्दर र हरियाली बनाउन अभियान सुरु गरिएको हो ।

बूढानीलकण्ठ नगरपालिका उद्गमस्थल भएको रुद्रमती नगरपालिकाको गहना हो । यसलाई दीर्घकालीन रूपमा सफा राख्न नगरपालिकाले सरसफाइ अभियान सुरु गरेको नगर प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।

रुद्रमतीलाई स्वच्छ सफा र हराभरा बनाएर पर्यटकीय क्षेत्र बनाउन नगरले तयारी गरेको समेत उनको भनाइ छ । बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौँ महानगरपालिका–४ को सिमानामा रहेको रुद्रमतीलाई पाथीभरा बस्तीबाट खोला सरसफाइ अभियान सञ्चालन गरिएको छ । अभियान बूढानीलकण्ठ–१३ स्थित नौलिनथान मन्दिरसम्म अभियान चलाउने नगरको योजना रहेको प्रवक्ता भट्टराईले बताए ।

रुद्रमती सरसफाइ गर्न यस आर्थिक वर्षमा मात्र सीमित नभएर दीर्घकालीन रूपमा सफा राख्न नगरले अभियान थालेको नगर प्रमुख मिठाराम अधिकारी बताउँछन् । उनले भने, “पहिला कस्तो थियो त्यस्तै अवस्थामा सफा र सुन्दर बनाउन नगरपालिकाले खेल्ने भूमिकामा हामी कडाइका साथ लाग्छौँ ”।

नगरपालिकाको पहिचान र सभ्यता संस्कृतिका रूपमा जगेर्ना गर्नुपर्ने सबै नगरवासीको कर्तव्य हो भन्दै बूढानीलकण्ठ–९ की वडाध्यक्ष सुमित्रा त्रिपाठीले यसअघि पनि कोरिडोर हरियाली बनाउन नगरपालिकाले वृक्षरोपण कार्यक्रम गरेको बताए ।

त्यस बेला रोपिएका धेरै बिरुवा हुर्किएका छन् । बिरुवाले सुन्दरता दिएसँगै वातावरणलाई पनि उत्तिकै सफा राखेको उनको भनाइ छ । नगरपालिकाले चारजना कर्मचारीलाई बिरुवा गोडमेल, हेरचाह र कटिङका काममा लगाएको छ । विगतमा गमलामा रोपिएका ठूला बिरुवा उखेलेर अन्य सार्वजनिकस्थलमा रोपिने नगरपालिकाले जनाएको छ । स्थानीयवासीलाई जनचेतनामूलक अभियान गरेर खोला सफा राख्ने तयारी गरिएको प्रवक्ता भट्टराईले जनाए ।

फोहर व्यवस्थापन गर्न खोला छेउका विभिन्न स्थानमा नगरपालिकाले डस्टबिनको व्यवस्था गर्ने भएको छ । रुद्रमती छेउका कतिपय स्थानमा तरकारीलगायत अन्नबाली लागाएको पनि देख्न सकिन्छ । त्यस प्रकारले खेतीकै रूपमा खोला किनारामा खेती गर्नुहुने स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ८ : ५४ बजे

प्रतिनिधि सभा‍मा दुई विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने

बर्ड फ्लु संक्रमण देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालन भइरहेको सदर चिडियाखाना अनिश्चितकालका

राष्ट्रिय चलचित्र पुरस्कारमा ’ऊनको स्वीटर’को वर्चस्व, नीर शाह उत्कृष्ट अभिनेता

काठमाडौं – सरकारले हरेक वर्ष गर्दै आएको ’राष्ट्रिय चलचित्र पुरस्कार’को

रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष

गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी– गण्डकी प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४