गुजरात आईपीएलको फाइनलमा : मुम्बई ६२ रनले पराजित | Khabarhub Khabarhub

गुजरात आईपीएलको फाइनलमा : मुम्बई ६२ रनले पराजित


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साबिक विजेता गुजरात टाईटन्स १६ औं संस्करणको इन्डियन प्रिमियर लिग( आईपीएल)को फाइनल पुगेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गर्दै गुजरात फाइनल पुगेको हो ।

नरेन्द्र मोदी क्रिकेट मैदान अहमदाबादमा गुजरातले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको मुम्बई १८ दशमलब २ ओभरमा अलआउट भयो । उसले १ सय ७१ रन मात्र बनायो।

मुम्बईका लागि सूर्यकुमार यादवले ३८ बलमा ७ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ६१ रन बनाए । मुम्बईका लागि तिलक बर्माले १४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४३ रन जोडे । क्यामरन ग्रीनले ३० रन बनाए । गुजरातका लागि मोहित शर्माले ५ विकेट लिए । मोहम्मद सामी र राशिद खानले समान २–२ तथा जोशुवा लिटिलले १ विकेट हात पारे ।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो ।

गुजरातका लागि शुभमन गिलले ६० बलमा ७ चौका र १० छक्काको सहयोगमा १ सय २९ रनको शतकीय शानदार इनिङ खेले । गिलको एउटै सिजनको यो तेस्रो शतक हो । गिल १ सय २९ रन बनाएपछि आकाश मधवालको बलमा आउट भएका थिए ।

गुजरातका अर्का ओपनर ऋद्धिमान शाहले १६ बलमा ३ चौकाको सहयोगमा १८ रन बनाए । साई सुदर्शनले ३१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४३ रन बनाए । गुजरातका कप्तान हार्दिक पान्ड्याले १३ बलमा अविजित २८ रन बनाए । राशिद खानले २ बलमा ५ रन बनाए ।

मुम्बईका लागि पीयुष चावला र आकाश मधवालले समान १–१ विकेट लिए । गुजरातले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग पराजित भएर गुजरातले फाइनल प्रवेशका लागि अर्को मौका पाएको हो ।

पहिलो क्वालिफायरमा गुजरातलाई पराजित गर्दै चेन्नई फाइनल पुगिसकेको छ । आईपीएलको फाइनल आइतबार हुँदैछ । फाइनलमा गुजरात र चेन्नईबीच रोचक प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ६ : २३ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानका राष्ट्रपति रायसीको अन्तिम संस्कार तेहरानमा हुने

काठमाडौं – यतिबेला इरान राष्ट्रपति गुमाएको पाँच दिने राष्ट्रिय शोकमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार तदनुसार

आज २०८१ साल जेठ ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार तदनुसार