जलहरीका बारेमा प्रधानमन्त्री प्रचण्डले बोल्ने सहमति, अब संसद् चल्ने « Khabarhub

जलहरीका बारेमा प्रधानमन्त्री प्रचण्डले बोल्ने सहमति, अब संसद् चल्ने


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पशुपतिनाथ मन्दिरमा चढाइएको जलहरीका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख दलका शीर्ष नेतासँग भएको छलफलमा जलहरी प्रकरणबारे प्रधानमन्त्रीले संसदमा बोल्ने सहमति भएको हो। सो सहमतिसँगै अवरुद्ध संसद् खुल्ने भएको छ।

‘भ्रम सिर्जना हुने गरी तथ्यहीन र आधारहीन अभिव्यक्ति दिनु गलत भएकाले संसद्को रेकर्डबाट हटाइने छ र यसलाई गलत भनेरै जानुपर्छ भन्नेमा तीन शीर्ष नेताबीच सहमति भएको छ,’ एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘सो सहमतिसँगै आज संसद् खुल्ने भएको छ।’

पशुपतिनाथमा चढाइएको जलहरीमा अनियमितता भएको भन्दै सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नामै लिएर आरोप लगाए पछि एमालेले शुक्रबारको संसद् बैठक अवरुद्ध गरेको थियो।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ११ : ०४ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण