प्रेस युनियनको स्थापना दिवस मनाइँदै « Khabarhub

प्रेस युनियनको स्थापना दिवस मनाइँदै


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रेस युनियनले विभिन्न कार्यक्रमसहित ३२औँ स्थापना दिवस आज मनाइरहेको छ। लोकतन्त्रवादी पत्रकारको छाता संस्था युनियनको स्थापना २०४८ सालमा भएको थियो।

स्थापना दिवसका अवसरमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा ‘प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका’ विषयक विचार गोष्ठीको आयोजना गरिएको महासचिव दिलीप पौडेलले जानकारी दिए।

“स्थापना दिवसका अवसरमा ‘अस्पतालका बिरामीलाई फलफूल वितरण, प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका’ विषयक विचार गोष्ठी, रक्तदान तथा खेलकुद कार्यक्रम गरी मनाउने निर्णय गरेको छौँ”, महसचिव पौडेलले भने।

युनियनले पत्रकारको ट्रेड युनियन अधिकार, प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, पत्रकारको क्षमता विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  १२ : २३ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६