‘हाम्रो ठमेल, सफा ठमेल’ अभियान सुरु  « Khabarhub

‘हाम्रो ठमेल, सफा ठमेल’ अभियान सुरु 


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  ‘हाम्रो ठमेल सफा ठमेल’ नाराका साथ राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सरसफाइ अभियान सुरु गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन सरसफाइ अभियान थालिएको हो । परिषद्को अगुवाइमा काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, पर्यटक प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले आज ठमेलमा सरसफाइ गरेका परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए । 

‘सफा र पर्यटकमैत्री ठमेल बनाउने अभियान निरन्तर रुपमा अगाडि बढाउँछौँ’, उनले भने । परिषद्का उपाध्यक्ष सहदेव धमलाले व्यवसायी र घरधनीबाट सुरु भएको ठमेल सरसफाइ अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने बताए । 

ठमेललाई सफा र सुन्दर बनाउन सबैको सक्रियता आवश्यक भएको उनको भनाइ छ । अभियान निरन्तर अघि बढ्ने उपाध्यक्ष धमलाको भनाइ छ ।  

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  १ : ३१ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार