जुम्ला र कालीकोटमा ‘एनटी फाइबर’ को शुभारम्भ « Khabarhub

जुम्ला र कालीकोटमा ‘एनटी फाइबर’ को शुभारम्भ


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालीकोटमा एफटिटिएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ गरेको छ । एनटी फाइबरमार्फत  अत्याधुनिक प्रविधिको प्रयोग गरी जुम्ला र कालीकोट क्षेत्रका सेवाग्राहीलाई एउटै तारबाट एचडी गुणस्तरको आवाजसहित टेलिफोन सेवा पुर्‍याउने उद्देश्यले ‘एनटी फाइबर’ को शुभारम्भ गरिएको हो । 

एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सकिने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । ‘फाइबर टू द होम’ (एनटी फाइबर) सेवाको हाल उपलब्ध सेवाअन्तर्गत इन्टरनेटका साथै टेलिभिजन, टेलिफोन र मोबाइलमा डाटासमेत चलाउन सकिने उनले बताए। 

एउटै तारबाट आवश्यकताअनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात् ‘अब एउटैमा तीन प्लस १’ सेवा नामाकरण गरेको छ । कम्पनीले यसअघि कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटिटिएच सेवा उपलब्ध गराइसकेको छ । 

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  २ : ३२ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार