नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्नुपर्छ : रवि लामिछाने « Khabarhub

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्नुपर्छ : रवि लामिछाने


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्न नसकेको बताएका छन् ।

शनिबार ललितपुरमा रास्वपा ललितपुर महानगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले शरणार्थी प्रकरणमा पक्राउ परेका ठूला भनिएका नेताहरू भ्रष्टाचारका हाँगामात्रै भएको भन्दै जरासम्म पुग्न नसकेको बताएका हुन् ।

उनले यस प्रकरणमा भइरहेको छानविनमाथि विश्वास गर्न नसक्ने भएकाले आफूहरूले सदनमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राखेको धारणा राखे ।

प्रहरीले बयान लिन सम्म डराएका व्यक्तिहरूमाथि अव संसदीय समितिले प्रश्न गर्ने उनको भनाइ छ । उनले नेपाली जनताले आफूहरुलाई नाच्न गाउन नभई भ्रष्टहरूलाई समात्न संसद्‌मा पठाएको उल्लेख गरे । कुनै पनि भ्रष्टहरूको विषयमा रास्वपा निर्मम ढंगले अघि बढ्ने भन्दै लामिछानेले जस्तोसुकै घेरावन्दी वा मुद्धा हालेपनि त्यसलाई चिरेर अघि बढ्ने दावी गरे ।

उनले भ्रष्टाचारको जरो नओखलेसम्म विश्राम नलिने स्पष्ट पारे ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ४ : १७ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार