सिमराबाट देववाणीको छायांकन सुरु | Khabarhub Khabarhub

सिमराबाट देववाणीको छायांकन सुरु


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुने फिल्म ‘देववाणी’को छायांकन गत बुधबारबाट सुरु भएको छ ।
बाराको सिमरामा फिल्मको क्लाइमक्स दृश्यबाट छायांकन सुरु गरिएको हो । फिल्मको क्लाइमेक्सको एक्सन दृश्यमा श्री श्रेष्ठको द्वन्द्व छ । 

क्लाइमेक्स दृश्यमा कुन्दन भारद्वाज, रविन्द्र झा, सुनील थापा, मौसम पौडेल र अनुजा लेप्चा छन् । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा बनिरहेको फिल्म सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा खिचिनेछ ।

फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय छ । फिल्ममा निराजन मेहता मन्जिलको कथा, हरिबहादुर घलेको छायांकन, बन्देप्रसादको सम्पादन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ ।

मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । महेन्द्र यादव कार्यकारी निर्माता रहेको फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ । फिल्म नेपाली र हिन्दी भाषामा निर्माण हुनेछ ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ५ : ०५ बजे

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप